मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी भएको छ । आज रामेछापको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

रामेछाप फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा नयाँ गोरख गण रामेछाप र रामेछाप फुटबल संघबिच खेल भएको थियो । उक्त खेलमा रामेछाप फुटबल संघले नयाँ गोरख गण रामेछापलाई ४–० गोल अन्तरले जित हात पारेको छ । १ घण्टाको खेलमा नयाँ गोरख गणका खेलाडीले १ गोल पनि गर्न नसकेका हुन ।

रामेछाप जिल्लामा पनि राम्रो फुटबल खेल्ने महिला फुटबल खेलाडीहरु रहेको रामेछाप फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले बताउनुभयो । फुटबल खेल्ने महिला खेलाडीहरुलाई पुरुष खेलाडी सरह अगाडी बढाउनका लागी मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय रामेछाप फुटबल संघले महिला तथा पुरुष खेलाडीहरु उत्पादन गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार