रामेछाप नगरपालिकामा एउटा पनि आचारसंहिता उल्लंघनको उजुरी परेन

रामेछाप नगरपालिकामा एउटा पनि आचारसंहिता उल्लंघनको उजुरी परेन

स्थानीय तहको निर्वाचन २०७९ आउन अब २ दिन मात्रै बाँकी छ । अहिले निर्वाचनको मौन अवधी जारी छ । निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले आज नगरपालिकामा रहेका सबै राजनीति दलका प्रतिनिधि तथा पत्रकारसँग मौन अबधिको पालनाबारे छलफल गरेको छ ।

रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा बोल्दै निर्वाचन अधिकृत गुरुङले रामेछाप नगरपालिकामा आचारसंहिता उल्लंघनको एउटा पनि उजुरी नपरेको बताउनुभयो । उहाँले नगरपालिकामा सबै दलहरूले चुनावी प्रचारप्रसार गर्दा आचारसंहितालाई पालना गर्दै गरेको पाइएको बताउनुभयो ।

अहिले निर्वाचनको मौन अबधि पनि सबैदलले पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन । नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा समाजवादी र राप्रपा लगायतका दलका प्रतिनिधि सहभागी बैठकमा दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहितामा टेकेर चुनावी गतिविधिहरु सम्पन्न गरेको बताएका छ्न । उनिहरुले निर्वाचनको दिन अशत्त,अपांग र जेष्ठ नागरिकलाई मतदान स्थलसम्म पुर्याएर सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाउने बताएका छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार