घरदैलोमै मतदाता शिक्षा सञ्चालन नगरेकोमा रामेछापका नागरिकको असन्तुष्टि

घरदैलोमै मतदाता शिक्षा सञ्चालन नगरेकोमा रामेछापका नागरिकको असन्तुष्टि

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि यसपाली घरदैलोमै मतदाता शिक्षा सञ्चालन नगर्दा रामेछापका स्थानीय नागरिकले असन्तुष्टि जनाएका छन् । मतदाता शिक्षा सञ्चालन नभएका कारण मत बदर हुने हो कि भन्ने चिन्ता उनीहरूलाई परेको छ । अघिल्लो पटकको निर्वाचनको बेलामा घरदैलो अभियानबाट मतदाता शिक्षा सञ्चालन गरिएकोमा यसपटक मतदाता शिक्षा सञ्चालन नभएको स्थानियहरुको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरूमा बढी मत बदर भएको तथ्याङ्क निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । आयोगले मतदान गर्ने दिनभन्दा २ दिन अघि सम्बन्धित केन्द्रमा मतदाता शिक्षा चलाउने भनेको छ । तर त्यसमा सबै नसमेटिने चिन्ता सर्वसाधारण नागरिकमा देखिन्छ । मतदाता शिक्षाको कार्यक्रम नहुनु, विभिन्न दलहरूबीच चुनावी तालमेल हुनु, यसैका कारण मतपत्रको आकार बढ्नु लगायत कारण पनि नागरिकमा अन्योल सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार