रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएदेखी वैशाख १९ गतेसम्म १५ वर्षमुनिका ३७ हजार ७ सय ३१ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार ४२ हजार २ सय ९० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ३७ हजार ७ सय ३१ जना बालबालिकाले खोप लगाएका हुन ।

९१.२१ प्रतिशत बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको उहाँले बताउनुभयो । गत चैत महिनाको २५ गतेदेखि सुरु भएको खोप अभियानमा जिल्लामा ३ सय ३४ वटा खोप केन्द्रबाट खोप लगाइएको उहाँले बताउनुभयो । अहिले पनि जिल्लामा खोप अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार