दलका नेताहरूलाई मतदाताले पहिले गरेका प्रतिवद्धता सोध्न थाले

दलका नेताहरूलाई मतदाताले पहिले गरेका प्रतिवद्धता सोध्न थाले

विगतको निर्वाचनमा जस्तै यस पटक पनि राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटेका छन् । उनीहरूका आश्वासन सुन्दै आएका मतदाता भने काम गर्नेलाई भोट दिने बताउँछन् ।यसपालीको चुनावका लागि आआफना एजेण्डा लिएर राजनीतिक दल र उम्मेदवार मतदाताको घरदैलोमा पुग्दै गर्दा मतदाताहरू भने गरेको प्रतिवद्धता पूरा गर्ने कार्ययोजना सोध्न थालेका छन् ।

सडक, खानेपानी, विद्युत लगायत विकास निर्माणका काम गर्ने अधिकांश दलका उम्मेदवारको प्रतिवद्धता रहने गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यस्तै आश्वासन नागरिकले सुनेका थिए । तर निर्वाचित कतिपय जनप्रतिनिधिले प्रतिवद्धता अनुसार काम नगरेका कारण यसपाली काम गर्नेलाई मत दिने नागरीकहरुले बताउँदै आएका छन ।

बारी बगैचादेखि धारा पँधेरासम्म उम्मेदवारहरू पुग्ने र आफूलाई भोट दिन अनुरोध गर्ने क्रम गाउँघरमा चलेको छ । तर, मतदाता भने विजयी भएर काम गर्नसक्ने आधारको बारेमा उम्मेदवारसँग छलफल गर्दै आएका छन् । रामेछापमा ९१ हजार एक सय ३१ जना पुरुष मतदाता र ८७ हजार सात सय ६७ जना महिला मतदाता गरी कुल एक लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका छन् । रामेछापमा २ सय २३ मतदान केन्द्र तथा ९२ मतदान स्थल रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा रहेको रामेछापमा ३३६ पदको लागि १२ सय ५९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार