रामेछापमा चुनावको लागी आज मतपत्र आउँदै

रामेछापमा चुनावको लागी आज मतपत्र आउँदै

स्थानीय तहको निर्वाचन आउन ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले ६० जिल्लामा मतपत्र ढुवानीको काम सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले हिजोसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको र अब १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेको जनाएको छ ।

बाँकी जिल्लामा आज बिहानबाट पठाउने तयारी भइरहेको आयोगको भनाइ छ । खराब मौसमका कारण मतपत्र पठाउन ढिलाइ भएको पनि आयोगले जनाएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रामेछाप र सिन्धुलीमा मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ।आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार