यस वर्ष स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढ्यो

यस वर्ष स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढ्यो

स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीगत भन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढेको निर्वाचन आयोगले जनाएको छ । सत्तामा रहेका गठबन्धन र विपक्षी दलकै कारण असन्तुष्ट नेता कार्यकर्ताले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । महानगर, उपमहानगर, गाउँपालिका, नगरपालिकादेखि वडाध्यक्ष वडासदस्यसम्ममा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वर्षौसम्म पार्टीमा सक्रिय भएर लागेको तर, चुनावको बेला कामको मूल्याङ्कन नगरी आफूखुसी टिकट वितरण गरेको भन्दै पार्टीबाट असन्तुष्ट रहेका नेता कार्यकर्ताको आरोप छ । पार्टीमा राम्रो स्थान र क्षेत्रमा राम्रो पकड बनाएकाहरूले उम्मेदवारी दिएर कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार