उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक

उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक गरेको छ । सूचीअनुसार नेकपा एमालेले प्रमुखमा २७ महिला र २ सय ६३ पुरुष गरी २ सय ९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४ सय ४६ पुरुषगरी ४ सय ४६ उम्मेदवार उठाएको छ ।

यस्तै, एमालेले उपप्रमुखमा २ सय ८५, उपाध्यक्षमा ४ सय ४५, वडाध्यक्षमा ६ हजार ५ सय ६, महिला सदस्यमा ६ हजार ३ सय ८४, दलित महिला सदस्यमा ६ हजार १ सय ८५ गरी जम्मा ३३ हजार ३ सय ६८ उम्मेदवार उठाएको छ । नेपाली काँग्रेसले प्रमुखमा २ सय ६५, अध्यक्षमा ३ सय ८२, उपप्रमुखमा २११, उपाध्यक्षमा ३ सय ५९ र वडाध्यक्षमा ६ हजार १ सय ३२ उम्मेदवार उठाएको छ । काँग्रेसले कूल सबै पदमा गरी ३१ हजार ३ सय २३ उम्मेदवार उठाएको छ ।

माओवादी केन्द्रले प्रमुखमा १ सय७४, अध्यक्षमा २ सय ९०, उपप्रमुखमा २ सय १४, उपाध्यक्षमा ३ सय १५, वडाध्यक्षमा ४ हजार ४ सय २८ गरी कूल २२ हजार १ सय७३ उम्मेदवार उठाएको छ । जनता समाजवादी पार्टी नेपालले प्रमुखमा १ सय ५९, अध्यक्षमा १ सय ८९, उपप्रमुखमा १ सय ३८, उपाध्यक्षमा १ सय ५६, वडाध्यक्षमा २ हजार ६९ गरी कूल ९ हजार ४ सय २ उम्मेदवार उठाएको छ भने एकीकृत समाजवादीले प्रमुखमा १ सय ५०, अध्यक्षमा १ सय ८७, उपप्रमुखमा १ सय७७, उपाध्यक्षमा १ सय ८०, वडाध्यक्षमा २ हजार ४ सय २८ गरी कूल ११ हजार २ सय ७४ उम्मेदवार उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार