यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दाबढि परीक्षार्थी सहभागी हुँदै

यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दाबढि परीक्षार्थी सहभागी हुँदै

यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दाबढि परीक्षार्थी सहभागी हुने भएका छन् । शुक्रबारबाट हुने परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ गरि कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । यसवर्ष परीक्षाका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । सामान्यतर्फ ११ हजार ६ सय १५ विद्यालय र प्राविधिकतर्फ २ सय ९९ विद्यालयका विद्यार्थीहरू यो वर्ष एसईईमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार