कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परिक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले जनाएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन÷शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने बोर्डले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार