कारको ठक्करबाट रामेछाप पुराना गाउँका एक बालकको ज्यान गयो

कारको ठक्करबाट रामेछाप पुराना गाउँका एक बालकको ज्यान गयो

ललितपुरको लुभुमा कारको ठक्करबाट रामेछापका एक बालकको ज्यान गएको छ ।हिजो साँझ साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार