सुकाजोर रजयछापका आगलागी पीडितलाई माओवादी केन्द्रको पहलमा सहयोग वितरण

सुकाजोर रजयछापका आगलागी पीडितलाई माओवादी केन्द्रको पहलमा सहयोग वितरण

आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई नेकपा माओवादी केन्द्र रामेछापको पहलमा सहयोग वितरण गरिएको छ । माओवादी केन्द रामेछाप नगरको संयोजनमा प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठको पहलमा The Salvation misson मार्फत आगलागी पीडित परिवारलाई सहयोग उपलब्ध गराइएको हो ।

आगलागी पीडित परिवारलाई २० – २० पाता रंगिन जस्तापाता,१–१ वटा हिलटेक र विद्यार्थीहरुका लागी पठनपाठनमा आवश्यक पर्ने कपि,कलम,झोला लगायतका समाग्री वितरण गरिएको माओवादी केन्द रामेछाप नगरका कोषाध्यक्ष सरोज कटुवालले जानकारी दिनुभयो । उक्त सामाग्रीहरु आगलागी पीडित परिवारलाइ प्रतिनिधिसभा सदस्य श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार