वडा नं ८ का ११ सय ३८ घरधुरीले पाए हिलटेक ट्याङ्की

वडा नं ८ का ११ सय ३८ घरधुरीले पाए हिलटेक ट्याङ्की

रामेछाप नगरपालिका वडा नं ८ वडा कार्यालयले एक घर एक ट्याङ्की वितरण गरिरहेको छ । केही वर्षअधिदेखी सुरु गरिएको एक घर एक हिलटेक ट्याङ्की वितरण अभियान अन्तर्गत आज वडाको रामेछाप बजार आसपासका ९७ घरधुरीलाई हिलटेक ट्याङ्की वितरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यतामा भएको हिलटेक ट्याङ्की वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख थापा मगरले गाउँमा भएका परम्परागत खानेपानीका मुहान सुक्दै गएपछि वर्षेनी खानेपानीको अभाव झेल्दै आएका नागरीकहरुले हिलटेक ट्याङ्की वितरण कार्यक्रमले पानीको जोहो गर्न निकै सहज भएको बताउनुभयो ।

सुख्खाग्रस्त क्षेत्र रहेको नगरपालिकाको धेरै वडाहरुले हिलटेक ट्याङ्की वितरण गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले वडा कार्यालयले वितरण गरेको हिलटेक ट्याङ्कीले नागरीकहरुलाई खानेपानी जम्मा गर्न,आकाशे पानी संकलन गर्न सहज हुने बताउनुभयो ।

वडाको सल्ले,डुम्रिखर्क,भंगेरी,बाबियाखर्क,लामागाउँ,लामाटोल,वादी र रामेछाप बजारका गरी ११ सय ३८ घरधुरीलाइ हिलटेक ट्याङ्की वितरण गरिसकिएको छ । हिलटेक ट्याङ्की लिन छुटेका लगभग ५० घरधुरीलाई आईतबार वितरण गरिने उहाँले बताउनुभयो । नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यका साथ वडा कार्यलयले एक घर एक ट्याङ्की वितरण गरेको उहाँको भनाई छ ।

पानीको समस्या झेल्दै आएका वडाका नारीकहरुलाई आकाशे पानी संकलन गरी फलफुल तथा तरकारी उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुगोस भनेर ट्याङ्की वितरण गरिएको वडाअध्यक्ष कार्की बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार