सुकाजोर रजयछापका आगलागी पीडितलाई रामेछाप नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

सुकाजोर रजयछापका आगलागी पीडितलाई रामेछाप नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिकामा कार्यरत कर्मचारीहरुले सहयोग गर्ने भएका छन । नगरपालिकामा कार्यरत सबै कर्मचारीहरुले एक दिनको तलब आगलागी पीडितलाई सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

सबै कर्मचारीहरुको एक दिनको तलब एक लाख ४० हजार रुपैयाँ वडाको सहयोग कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । शनिबार दिउँसो आगलागीबाट धन बहादुर श्रेष्ठ, ठेक बहादुर मगर, एकलाल श्रेष्ठ, हिमलाल श्रेष्ठ, चिरन्जीवी श्रेष्ठ, इश्वरीलाल श्रेष्ठ, धन बहादुर मगर, दल बहादुर मगर, भिमलाल श्रेष्ठ र चेत बहादुर मगरको घर जलेर नष्ट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार