होलीमा उच्छृंखल गतिविधि रोक्न रामेछापमा एक सय प्रहरी परिचालन

होलीमा उच्छृंखल गतिविधि रोक्न रामेछापमा एक सय प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय रामेछापले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै प्रहरी खटाउने भएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व मनाउन अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन रामेछापका बजार तथा गाउँहरुमा एक सय जना प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौति तथा खतराहरूलाई ध्यानमा राख्दै भोली बिहानैदेखि जिल्लाका विभिन्न ठाउँहरुमा प्रहरी परिचालन हुने प्रहरी नायब उपरीक्षक थिङले बताउनुभयो । भोलि बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन टोली,मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप प्रहरी परिचालन हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार