ब्राउन सुगरसहित रामेछापका मगर पक्राउ

ब्राउन सुगरसहित रामेछापका मगर पक्राउ

मोरङको बिराटनगरबाट ब्राउन सुगर सहित प्रहरीले ३ जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरूमा रामेछापका एक पुरुष पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षका कृष्ण बहादुर मगर, सिन्धुपाल्चोकका ३८ वर्षका सन्दिप खड्का र काठमाण्डौका २३ वर्षका हिमाल नेपाल रहेका छन ।

उनिहरूको साथबाट प्रहरीले ब्राउन सुगर १ दशमलव ६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार