प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछापले सिन्धुपाल्चोकलाई हरायो

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछापले सिन्धुपाल्चोकलाई हरायो

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप विजयी भएको छ । रामेछापले सिन्धुपाल्चोकलाई हराएको हो ।

रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गर्नुभयो ।

सिन्धुपाल्चोकका सुजन माझी र विज्ञान थिङले मात्र गोल गर्न सके । खेलमा रामेछापका गोलरक्षक युवराज तामाङ म्यान अफ द म्याच हुनुभयो ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार