गोकुगंगा गाउँपालिकामा हामीले धेरै राम्रो काम गरेका छौ : अध्यक्ष खड्ग सुनुवार

गोकुगंगा गाउँपालिकामा हामीले धेरै राम्रो काम गरेका छौ : अध्यक्ष खड्ग सुनुवार

रामेछाप जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको हो ।

गोकुलगंगा गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ । मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । गोकुलगंगा गाउँपालिका जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो ।

गोकुलगंगा गाउँपालिकामा जननिर्वाचित जनप्रनिधि आएको लगभग ५ वर्षको अवद्यिमा विकासले फड्को मारेको छ । गाउँपालिकामा सडक,खानेपानी,विद्युत,शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा निकै परिवर्तन आएको छ । गोकुलगंगा गाउँपालिकामा भएका विकास र परिवर्तनहरुमा रहेर गाउँपालिका अध्यक्ष खड्ग सुनुवारसँग गरिएको यो कुराकानी नै सुनौँ :

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार