‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

रामेछाप बजारको फोहोर व्यवस्थापनका लागि रामेछाप नगरपालिका वडा नं ८ भर्लेमा ‘ल्याण्डफिल्ड’ साइड निर्माण भइरहेको छ । तर भर्लेका स्थानियले निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको भन्दै आपत्ति जनाएका छन । त्यहाँका स्थानिय रमेश तामाङले निर्माण कम्पनीले लापरबाहि तरिकाले काम गरेको बताउनुभयो । ‘ल्याण्डफिल्ड’ साइडको कम्पाउन्ड जाली हाल्दा फलामको पोल थोरै मात्रै गाडेर हालिएको जसले गर्दा […]

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ । गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

यसवर्ष १५ दशमलव ४६ प्रतिशतले बेरुजु बढ्यो

महालेखा परीक्षक कार्यालयले ५९औं वार्षिक प्रतिवेदनसार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणी शर्माले प्रतिवेदन बुझाउनुभएको हो । यसवर्षको महालेखाको प्रतिवेदनमा एक वर्षमा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु रकम सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलगायत अन्य ठाउँको गरी हो ।हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब […]

भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

एक युवतीलाई भारतमा बेच्न लैजाने क्रममा रामेछापका युवक पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १३ का वर्ष ४२ का बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले ति युवतीलाई भारत तर्फ बेच्न लैजादै गर्दा विरगन्जबाट पक्राउ गरेको हो । भजपुर घर भएकी २२ वर्षकी ति युवतीलाई घिसिङले महिनाको ६० हजारको जागिर लगाईदिन्छु […]

रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज नगरपालिकाले नगरभरीका ३० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका ३० जना कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिका कृषि शाखाले जानकारी दिएको छ । नगरपालिकाले उत्कृष्ट ३० जना कृषकलाई जनही २० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको […]

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । सुचना अधिकारी थापाले आर्थिक बर्ष […]

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारी अभाव, काम प्रभावित

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारीको अभावले काम प्रभावित भएको छ । कर्मचारीको कमिका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछापलाई दोलखा जिल्लाको समेत जिम्मेवारी दिइएको छ । केन्द्रमा १० जना अधिकृतको दरबन्दी हो । कार्यालय प्रमुखसहित अहिले ६ जना मात्र छन् । अन्य अधिकृत नहुँदा […]

सुकाजोरको लागी आईपुग्यो एम्बुलेन्स,बिरामीलाई हुने भयो सहज

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको छ । वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीको पहलमा सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको हो । सुकाजोर स्वास्थ्य चौकीको नाममा भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । वडाका लागी एम्बुलेन्स प्राप्त भएसँगै अब के कसरी सन्चालन […]

रामेछाप नगर उद्योग वाणिज्य संघले मनायो ७ औँ स्थापना दिवस

रामेछाप नगर उद्योग वाणिज्य संघले आज ७ औँ स्थापना दिवस मनाएको छ । संघको कार्यालय रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा मनाइएको ७ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रमहरु भएका […]