साँघुटार स्वास्थ्य चौकीलाई रामेछाप नगर अस्पताल बनाउने काम अन्तिम चरणमा

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाइ नगर अस्पताल बनाइने भएको छ । साँघुटार स्वास्थ्य चौकीलाइ नगर अस्पताल बनाइने प्रक्रिया अन्तिम चरणमा पुगेको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनसार बाग्मती प्रदेश सरकार सशर्त अनुदान तर्फ एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत […]

रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ मा विद्युतीय प्रणालीमार्फत हाजिरी

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ ले पालिकाभरीमै पहिलो पटक विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको छ । गाउँपालिकाको कार्यालयमा समेत विद्युतीय हाजिरी नभएको सो पालिकामा वडा नं ४ ले भने विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो । ७ वटा वडा रहेको उक्त पालिकामा पहिलो पटक वडा नं ४ मा विद्युतीय हाजिरी उपकरण जडान गरिएको वडाअध्यक्ष […]

रामेछापमा बाग्मती प्रदेश भित्रका २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिइएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिको आज (शनिबार) समापन गरिएको छ । तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका बाग्मती प्रदेश सभा सदस्य एवं रामेछापका सांसद युवराज चौँलागाईले तालिममा सहभागी पत्रकारहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । सो कार्यक्रममा […]

रामेछाप साँघुटार बजारमा एकै रातमा ७ वटा घर चोरी

रामेछापमा एकै रातमा ७ वटा घरमा चोरी भएको छ । गएराति जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार बजारका ७ वटा घरमा चोरी भएको हो । घटनाको प्रारम्भिक विवरण अनुसार चोरी भएका सात वटा घर मध्ये ४ वटा घरबाट नगद ७ लाख ४५ हजार ७ सय रुपैयाँ चोरी भएको पाइएको छ । वसन्त श्रेष्ठको घरबाट […]

रामेछाप होदिलमा भिरबाट लडेर पूर्व शिक्षक खड्काको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ होदिलमा भिरबाट लडेर एक पूर्व शिक्षकको मृत्यु भएको छ । शनिबार दिउँसो अन्दाजी ३ बजेको समयमा जंगलमा बाख्रा चराउन गएका अन्दाजी वर्ष ६१ का श्याम कुमार खड्काको भिरबाट लडेर ज्यान गएको हो । जनसक्रिय आ. वि. होदिलका पूर्व प्र. अ. समेत रहेका खड्काको भिरखर्क सामुदायिक वनको भिरबाट लडेर ज्यान […]

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै,सरोकारवालाहरुसँग सुझाव संकलन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । सरोकारवालाहरुसँग सुझाव संकलन गर्दै नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्न लागेको हो । शुक्रबार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरुसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धि सुझाव संकलन गरिएको हो । कृषक तथा सरोकारवालाहरुले कृषि एम्बुलेन्स संचालन गर्दा नगरपालिकाले समेटनुपर्ने विभिन्न विषयवस्तुमा रहेर सुझाव दिएका थिए […]

रामेछाप नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक नाटक प्रदर्शन

रामेछापको रामेछाप नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । गत मङ्सिर ९ गते देखी सुरु भएको अभियान अन्तर्गत आज नगरपालिकाको कार्यालय अगाडी सडक नाटक प्रदर्शन गरिएको हो । आर.बि.पी.डब्लु रामेछाप र समाजसेवा जागृती महिला समुहसँगको सहकार्यमा नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको छ । यि दुई […]

रामेछाप सहित देशभर चिसो बढ्यो

रामेछाप सहित देशभर चिसो बढ्ेको छ । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने विभागले बताएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न […]

सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह बन्नु परेको गुनासो गर्नुभएको छ । बुधबार रामेछापको मन्थलीमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको लागि आवश्यक कानुन सङ्घीय सरकारले नबनाउँदा प्रदेश सरकार निरीह भएको गुनासो गर्नुभयो । चार वर्षअघि सङ्घीय संसद्बाट पारित भएको प्रहरी ऐन कार्यान्वयनमा आउन नसकेको […]

रामेछाप प्रहरीमा घरेलु हिंसाका ३५ वटा उजुरी दर्ता

रामेछापमा गत आर्थिक वर्ष र चालु वर्षको हालसम्मको अवधिमा महिला विरुद्ध हुने घरेलु हिंसा विरुद्धका ३५ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रबक्ता रञ्जन गिरीले सो कुरा जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीमा आर्थिक वर्ष २०७९/८० मा महिला विरुद्ध हुने हिंसाका ३० वटा उजुरी दर्ता भएका हुन् भने चालु […]