रामेछाप सुकाजोरका किसानलाई परिचय पत्र वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । परिचय पत्रकै आधारमा वडाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदान उपलब्ध गराइने वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । वडा भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि परिचय पत्र वितरण गरिएको उहाँको भनाई […]

चैत १७ गतेबाट सुरु हुने एसइई परीक्षामा रामेछापबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

यही चैत महिनाको १७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा रामेछापबाट यो वर्ष ३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा रहेको ९६ वटा माध्यमिक विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् । […]

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ । अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ । कार्यक्रममा पिसाब, दिसा, रगत, […]

रामेछापमा स्ववियु निर्वाचनमा कार्की र भट्टराईको टक्कर,कस्ले मार्ला बाजी ?

यहि चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) विद्यार्थी संगठनले अभिनाश कार्कीलाई सभापतिमा उठाएको हो । त्यस्तै गरी नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिनुभएको हो । संयुक्त गठबन्धन […]

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नवीन थापा मगरको टिम नै विजयी भएको हो । अध्यक्षमा निर्वाचित थापामगरले ६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत मात्रै पाएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा सुमिका […]

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन आज,थापा र ढुंगेलबिच प्रतिस्पर्धा

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन आज हुँदै छ । निर्वाचनमा १४ पदका लागि २८ जना उमेद्वार प्रतिस्पर्धामा छन । निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलबिच प्रतिस्पर्धा हुँदै छ । नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समुहमा :  वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको […]

रामेछाप गोठगाउँको जंगलमा भिषण आगलागी,बस्ती जोखिममा,जंगल सखाप

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँको जंगलमा भिषण आगलागी भएको छ । बिहिबारदेखी गैरीखोप रानी बनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको वडा सदस्य सृजना श्रेष्ठले जानकारी दिनुभयो । बस्ती नजिकैको जंगलमा आगो लागेकाले रातभर जाग्राम बसेर बस्तीलाई भने जोगाउन सफल भएको उहाँले बताउनुभयो । नेपाली सेना र स्थानियले आगो नियन्त्रणमा लिने प्रयास […]

चम्पादेवी अध्यक्षकप भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका तेश्रो हुन सफल

चम्पादेवी गाउँपालिका ओखलढुंगामा सम्पन्न प्रथम अध्यक्षकप भलिवल प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका तेश्रो र ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा तेश्रो भएको गोकुलगंगा गाउँपालिकाले एक लाख र सान्त्वना भएको लिखु गाउँपालिकाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा चिशंखुगढी गाउँपालिका ओखलढुंगाले आयोजक […]

रामेछापका एक वडाअध्यक्षले गरे बाटो बन्द गराएर छोरीको बिहे

रामेछापका एक वडाअध्यक्षले बाटो नै बन्द गराएर छोरीको बिहे गरेका छ्न । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कृष्ण गोपाल थापाले बुधबार(आज) बाटो नै बन्द गराएर छोरीको बिहे गरेका हुन । मन्थली बजार स्थित बिनिता चोक नजिकै वडाअध्यक्ष थापाको घर छ । घरको आँगन नै नभएपछि ´सडक बन्द छ` भन्ने ब्यानर राखेर छोरीको […]

हायु एकता समाज नेपालद्धारा वादीका आगलागी पीडितलाई सहयोग

हायु एकता समाज नेपालले रामेछाप जिल्लाको रामेछाप नगरपालिका – ८ वादीका आगलागी पीडितलाई राहत उपलब्ध गराएको छ । यहि फागुन ४ गते वादीका जित बहादुर हायुको घरमा आगलागी हुँदा घर तथा गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । आर्थिक अवस्था निकै कमजोर हायु परिवारलाई हायु एकता समाज नेपालले बुधबार उहाँको घरमै पुगेर सहयोग गरेको हो […]