बागमती प्रदेश सरकारले चालु आवको बजेट पुनरावलोकन गर्ने
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिनुभयो । […]

