रामेछाप ल्याङ्गल्याङ्गमा आगलागीबाट एक घर सहित सात वटा गोठ जल्यो
रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गमा आगलागीबाट एक घर सहित सात वटा गोठ जलेको छ । वडा नं ९ ल्याङ्गल्याङ्गको गोल्मटारमा बुधबार(आज) दिउँसो भएको आगलागीबाट मकर भुजेलको घर जलेको हो । बस्ती नजिकैको वनमा लागेको आगोले दुई कोठे भूकम्प प्रतिरोधी घर जलेको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ९ कै […]