रामेछाप सुनारपानीको जनविजय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा रहेको जनविजय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । लघुवित्त कर्मचारी मन्च रामेछापले शुक्रबार९आज० विद्यालयमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । सो विद्यालयमा अध्यनरत ५८ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिएको लघुवित्त कर्मचारी मन्च रामेछापका अध्यक्ष बद्रि सुवेदीले जानकारी दिनुभयो । सोही वडाका […]

रामेछाप दोरम्बाको गौतम सहित गाडी चोरी गर्ने गिरोह पक्राउ

ललितपुर प्रहरीले रातको समयमा गाडी चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउपालिका वडा नंम्बर ५ का गणेश वहादुर गौतम लगायत रहेका छन् । ललितपुरका विभिन्न स्थानमा पार्किङमा राखिएका तीन वटा पिकअप भ्यान चोरी गरेको प्रहरीले बताएको छ । गाडीहरु चोरी भएपछि खोजतलास गर्ने क्रममा ब्याट्री निकालिएको अवस्थामा नैकाप र सतुंगलमा […]

अब रामेछाप अस्पतालमा डायलाइसिस सेवा नियमित

अब रामेछाप अस्पताल रामेछापले नियमित रुपमा डायलाइसिस सेवा दिने भएको छ । बिहिबार(आज) देखी नियमित रुपमा बिरामीले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा यो सेवा सुरु भएको लामो समय भइसकेको भएपनि डायलाइसिस मेसिनमा प्राविधिक समस्या देखापरेको कारण केही समय सेवा अबरुद्ध भएको थियो । अब भने मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले […]

भरुवा बन्दुक पड्कदा रामेछाप च्यास्कुमा एक पुरुष घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुमा भरुवा बन्दुक पड्कदा एक जना पुरुष घाइते भएका छन । यहि वैशाख ३१ गते राति अन्दाजी ८ बजेको समयमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष ५२ को राम बहादुर तामाङ घाइते भएका हुन । भरुवा बन्दुक खेलाउदा उक्त हतियार पड्कदा बन्दुकको छर्रा,बारुदले उनको पेटमा लागी घाईते भएको रामेछाप प्रहरीले […]

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकावाट चालु आर्थिक वर्ष २०८० /८१ को हाल सम्म प्रवाह भएको सार्वजनिक सेवाको प्रभावकारीता तथा विकास निर्माणको गुणस्तरियता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल कृष्ण श्रेष्ठले चालु आब को हालसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार […]

रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । आईतबार मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको हो । जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरु शिविरमा प्रदान गरिएको थियो । एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । शिविरबाट १४२ जना पुरुष र २७१ […]

रामेछापको मन्थली नगरपालिकाको जम्मा बजेट खर्च ५५ प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाको जम्मा बजेट खर्च ५५ प्रतिशत मात्रै रहेको छ। नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ । जम्मा बजेट १ अरब ४ करोड ५४ लाख ९२ हजार रहेकोमा यहि वैशाख २७ गतेसम्म चालू खर्च ६५ प्रतिशत तथा पुँजीगत खर्च ४० प्रतिशत गरि जम्मा ५५ प्रतिशत मात्रै बजेट […]

रामेछापमा भाँडा चोर्ने र चोरीका सामान खरिद गर्नेे पक्राउ

रामेछापमा भाँडा चोर्ने र चोरी गरेको भाँडा किन्ने पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रामेछापले यही वैशाख १ गते मन्थली स्थित खाँदबारीमा टिकाबहादुर मगरको घरमा चोरी गर्ने युवकलाई पक्राउ गरेको हो । मन्थली नगरपालिका वडा नं १ कै रामबहादुर कार्कीले मगरको घरको ढोकाको ताल्चा फुटाई विभिन्न भाँडाहरु चारी गरेका थिए । उनलाई वैशाख १४ […]

वनमा आगो लगाउदैँ हिडेका रामेछापका दुई भाई पक्राउ

रामेछाप प्रहरीले जंगलमा आगो लगाएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका १ गोठगाउँ र वडा नं ३ साँघुटारको विभिन्न जंगलहरुमा आगोलगाउँदै हिँडने दुई भाई पक्राउ परेका हुन । आगो लगाउँदै हिडेको आरोपमा लिखु तामाकोशी गाउँपालिकाका २३ वर्षीय अशोक महत र रामेछाप नगरपालिका–३ का सुवास महतलाई पक्राउ गरिएको हो । उनीहरु रामेछाप नगरपालिका–१ […]

रामेछाप नगरपालिकाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई माग पत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बुधबार सिन्धुलीको खुर्कोटमा भेटेरै माग पत्र बुझाउनुभएको हो । नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाएको माग पत्रमा सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट विरुवाहरुको निर्धारित मुआव्जा वापतको रकम यथाशिघ्र व्यवस्थापन गरिदिन […]