बेथानमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं ४ बेथानको एक घरमा आगलागी भएको छ । मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा ध्यान बहादुर खड्काको घरमा आगलागी भएको हो । टिनको छानो भएको ढुंगा,माटोले बनेको २ तले कच्ची घर भित्र गाईवस्तुलाई कुँडो पकाउने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट घर भित्र रहेको १५ वटा कुखुरा जलेर […]

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछाप उत्कृष्ट जिल्ला शाखा घोषित 

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछापले उत्कृष्ट शाखाको पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २७ औँ वार्षिकोत्सब तथा १३ औँ अधिवेशन कार्यक्रमको अवसरमा रामेछाप शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो । खानेपानी मन्त्री प्रदीप यादवले रामेछाप जिल्ला शाखाका अध्यक्ष मिलन घिमिरेलाई सम्मान पत्र प्रदान गर्नुभयो । रामेछाप जिल्ला शाखाले स्थापनाकालदेखि जिल्लामा […]

हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ

हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १ का विर वहादुर भुजेलको कार्तिक १६ गते राति हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा मिन बहादुर बिक पक्राउ परेका हुन । यहि कार्तिक १६ गते शुक्रबार रातिदेखि हराइरहेका भुजेललाई सोही वडा बस्ने विकले शुक्रबार राती हत्या गरी […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा,मादलको प्रयोग पनि घट्यो

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ […]

लुक्लामा मौसम बिग्रीएपछि २ दिनदेखि मन्थली विमानस्थलबाट उडान हुन सकेन

रामेछापको मन्थली विमानस्थलबाट लुक्ला तर्फ जाने जहाजहरू दुई  दिनदेखि नियमित उडान हुन नसक्दा पर्यटकहरू अलपत्र परेका छन् । लुक्लामा मौसम बिग्रीएपछि विगत २ दिनदेखि नियमित उडान हुन नसक्दा  विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू मन्थली विमानस्थलमा अलपत्र परेर बसेका हुन् । काठमाण्डौंबाट स्थल मार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरू मन्थली विमानस्थल आउने गरेका […]

रामेछापको गुप्तेश्वरमा बस दुर्घटना,२ जना घाइते

रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा शनिबार(आज) बिहान भएको बस दुर्घटनामा २ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरूमा बसका सहचालक रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं १ का ३२ वर्षका केबल सुनुवार र बसका यात्रु उमाकुन्ड गाउँपालिका वडा नंं ६ का ७२ वर्षका फूल कुमारी सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले […]

नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई

‘नमुनादीप कप’ को उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ । बुधबार अरुणोदय मावि सैपुमा लिखु गाउँपालिका ‘ए’ ओखलढुंगालाई ३–१ को सेटमा पराजित गर्दै लिखु तामाकोशीले ‘नमुनादीप कप’को उपाधि हात पारेको हो । पहिलो सेट १९–२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५–२१ ,२५–२१,२५–२२ ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो […]

खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक शैले शिखरले जित्यो

तिहारको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक शैले शिखर युवा क्लबले जितेको छ । रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो । (आज) मंगलबार भएको खेलमा आयोजक शैले शिखर युवा क्लबले नगद ५० हजार सहित ट्रफी उचालेको हो । शैले शिखर युवा क्लबले हिमगंगा फुटबल क्लबलाई […]

खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा आयोजक शैले शिखर र हिमगंगा खेल्ने 

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ । सोमबार भएको सेमिफाइनल खेलमा हिमगंगाले खड्ग दल गणलाइ पराजित गरेको हो भने शैले शिखरले लायन्स क्लबलाइ पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । शैले शिखर र हिमगंगा फुटबल क्लब बिचको फाइनल […]

नमुनादीप कप : लिखु तामाकोशी गाउँपालिकाको विजयी सुरुवात 

दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेल जारी छ। लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको मैदानमा भएको आजको पहिलो खेलमा लिखु तामाकोशीले मेलुङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ। लिखु तामाकोसी २५-२१ र २५-१९ ले विजयी भएको हो। दोस्रो खेल गोकुलगंगा गाउँपालिका र अरुणोदयमा माविबीच जारी रहेको छ। आजै मन्थली नगरपालिका […]