श्रम स्वीकृति लिएर विगत ५ वर्षमा रामेछापबाट तिस हजारबढी युवा विदेश गए

श्रम स्वीकृति लिएर विगत पाँच वर्षको अवधिमा रामेछाप जिल्लाबाट ३० हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन्। रोजगारीको अवसर अभाव, सीमित औद्योगिक विकास र कृषि पेशासँग जोडिएको आय स्रोत घटेपछि युवाहरू वैकल्पिक रोजगारीको खोजीमा विदेशिने क्रम बढेको हो। आ.व २०७७/७८ देखी २०८१/८२ सम्मको अवधिमा रामेछापका ३० हजार एक सय युवाहरु कामको लागि विदेशिएका […]

टावर निर्माण अधुरो, ठेकेदार फरार–मजदुर अलपत्र

नेपाल टेलिकमको टावर निर्माणको काम अधुरो छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि करिब एक दर्जन मजदुर अलपत्र परेको खुलासा भएको छ। काम दिने बेला सक्रिय देखिने तर जिम्मेवारीको घडी आउँदा लुक्ने यस्तो प्रवृत्तिले निर्माण क्षेत्रमा श्रमिकको श्रम र श्रम मूल्यलाई जोखिममा पारेको मजदुरहरूको गुनासो छ। रामेछाप नगरपालिका–९ का संगम श्रेष्ठका अनुसार ‘नेक्ट लाइन इन्फाकम प्रा.लि.’ […]

श्रम अधिकार उल्लङ्घन गरेको आरोपमा ‘सेतो गुराँस’ विवादमा

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई नियोजित र अन्यायपूर्ण ढङ्गले हटाउने, तलब काट्ने, अभद्र व्यवहार गर्ने तथा गर्भवती भएकै कारण रोजगारीबाट हटाउने जस्ता गम्भीर श्रम शोषण गरेको खुलासा भएको छ। चार वर्षे परियोजनाका लागि करारमा नियुक्त गरिएका कर्मचारीहरूलाई एक वर्ष नपुग्दै विभिन्न बहाना बनाएर हटाइएको र यसबारे स्थानीय तहसँग समेत कुनै […]

रामेछापमा ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ का अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। खड्गदल गणको आयोजनामा भङ्गेरी चोकदेखि डुकुरसिङ डाँडा हुँदै तिल्केस्थानगढीसम्म सैनिक ब्याण्ड, बाजागाजा र टुकडीसहितको पदयात्रा सम्पन्न भएको हो। पदयात्रामा जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। तिल्केस्थानगढीमा सम्पन्न औपचारिक कार्यक्रममा […]

छ महिनामा मन्थली नगरपालिकाको वित्तिय प्रगति १९.६३ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को झन्डै छ महिनाको अवधिमा कुल बजेटको १९.६३ प्रतिशत मात्र खर्च गरेको छ । शुक्रबार सम्पन्न नगरसभाको १८औँ अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनअनुसार चालु खर्च २६.३२ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ४.८ प्रतिशतमा सीमित रहेको छ । नगरपालिकाले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत […]

मन्थलीमा पुस २६ र २७ गते कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

रामेछापको मन्थली नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण तथा कृषकको व्यावसायिकता प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २६ र २७ गते नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। नगरपालिकाले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। मेला मन्थली नगरपालिका–१ स्थित हाटे चौर (सोमबारे हाट परिसर) मा दुई […]

रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लामा मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ। अघिल्लो निर्वाचनको तुलनामा ७ हजार ८४६ जना नयाँ मतदाता थपिनु केवल संख्यात्मक वृद्धि मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा नयाँ पुस्ताको बढ्दो चासो र सहभागिताको संकेत पनि हो। २ नगरपालिका र ६ गाउँपालिका समेटिएको रामेछाप जिल्लामा ६४ वडा रहेका छन्। […]

रामेछापका पत्रकारहरुलाई एआई सम्बन्धि तालिम

रामेछाप जिल्लामा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । यहि पौष १६ देखि सुरु भएको तालिम पौष १८ गतेसम्म चलेको हो । संचार रजिष्ट्रारको कार्यालय हेटौँडाको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा तालिम भएको हो । मन्थलीमा आयोजना गरिएको उक्त तालिममा जिल्लाका […]

रामेछाप नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम लागु,सरोकारवालालाई अभिमुखिकरण

रामेछापको रामेछाप नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम औपचारिक रूपमा लागु गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रम लागु भएसँगै जनप्रतिनिधि तथा शाखा प्रमुखहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । सामी कार्यक्रमका जिल्ला संयोजक दिपक के.सी ले अभिमुखीकरणमा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने कानुनी […]

रामेछाप नगरपालिकामा ईसिडी हार्मेनी परियोजनाको वार्षिक समिक्षा

रामेछापको रामेछाप नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउन्डेसनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित ईसिडी हार्मोनी परियोजनाले एक वर्षभरी गरेको कामको समिक्षा गरिएको छ । शनिबार(आज) नगरपालिकाको सभाहलमा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । परियोजनाले एक वर्षभरी गरेका कामहरुको बारेमा परियोजना संयोजक मैयाँ बस्नेतले जानकारी गराउनुभयो । […]