जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु
जिल्ला अस्पताल रामेछापमा मंगलबार(आज)देखी आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु भएको छ । अस्पताल विकास समितिले एक कार्यक्रमको आयोजना गरी यि सेवाहरुको शुभारम्भ गरेको हो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवाको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उहाँले बाग्मती प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गरेको बताउनुभयो । प्रदेशको १३ […]