रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापमा वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल […]

चिसो बढेसँगै जिल्ला अस्पताल रामेछापमा दमको बिरामी बढे

पुस महिना लागेसँगै देशभरि नै चिसो बढेको छ । चिसोकै कारण देखिएको समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू पनि बढिरहेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेण्ट डा. गगन अधिकारीले बताउनुभयो । अस्पतालमा दम रोगका बरामी धेरै आउने गरेको अस्पताल भर्ना हुनेमा पनि दम रोगकै बिरामी धेरै […]

रामेछापको जुनारमा यस वर्ष रोग किरा देखिएन,जुनार उत्पादन बढ्यो

रामेछापको जुनारमा यस वर्ष रोग किरा नदेखिएपछि किसान खुसी भएका छन् । जुनार उत्पानको मुख्य क्षेत्र मानिने रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगंगा लगायत स्थानमा किसानका बगैँचा जुनारले पँहेलपुर बनेपछि जुनार किन्ने र बगैँचा घुम्न पुग्नेहरू बढेका छन् । अघिल्लो वर्षहरूमा जुनारमा केही रोगकिरा देखिएको भएपनि यो वर्ष देखिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकिकरण […]

पर्यटन व्यवसायीक सहकारीको खुद नाफा २९ लाख ८४ हजार

पर्यटन व्यवसायीक सहकारी संस्थाको १२ औँ साधरण सभा सम्पन्न भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमा संञ्चालनमा रहेको सहकारीको १२ औं साधरण सभा शनिबार माकादुममा सम्पन्न भएको हो । साधारण सभा कार्यक्रममा उक्त संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २९ लाख ८४ हजार १२६ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको जानकारी गराइएको छ । शनिवार […]

मर्स्याङ्दी नदीमा बेपत्ता भएका रामेछापका महत अझै फेला परेनन्

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रे भिरबाट मर्स्याङ्दीमा खसेर बेपत्ता भएका रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, विजुलीकोटका अनन्त महतको अवस्था अझै अज्ञात छ । लमजुङको बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब गर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खस्नुभएको थियो । सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका […]

नेबिसंघ रामेछापमा दुई खेमा फरक फरक कार्यक्रम

मुलुकमा प्रजातन्त्र कमजोर बनाउन अझै ठुला चलखेल भै रहेको छ : आचार्य नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले मुलुकमा ठूलो बलिदानले प्राप्त प्रजातन्त्रलाई कमजोर बनाउनै ठुलै चलेखेल भइ रहेको बताएका छन । नेविसंघ रामेछापले ४७ औं राष्ट्रिय मेलमिलाप दिवसको अबसर पारेर काठमाडौमा शनिबार आयोजना गरिएको नेपालको राजनीति, नेबिसंघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आचार्यले […]

निशान सहकारीको अध्यक्षमा सुमन कुमार श्रेष्ठ चयन

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार १० औँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा रहेको सहकारीको चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा क्रमश अध्यक्ष सुमन कुमार श्रेष्ठ,उपाध्यक्ष सुजन घिमिरे,सचीव अपना कुमारी श्रेष्ठ,कोषाध्यक्ष अमित कुमार तामाङ रहेका छन । यसैगरी सदस्यहरुमा क्रमश भागवत […]

फाल्गुन ७ मा नेबिसंघ रामेछापको अधिबेशन, मितिबारे केन्द्रलाई जानकारी

नेपाल बिद्यार्थी संघ रामेछापले आगामी फाल्गुन ७ गते जिल्ला अधिबेश गर्ने भएको छ । जिल्लाले फाल्गुण ७ गते जिल्ला अधिबेशन गर्ने तय गरि मितिका बारेमा केन्द्रलाई समेत नेबिसंघ रामेछापको टोलीले केन्द्रिय कार्यलयमा पुगेर पत्र बुझाएको छ । नेबिसङ रामेछापमा यतिबेला दुई वटा कमिटी रहेका छन । एउटा सुशील अधिकारी अध्यक्ष रहेको र अर्को बिनोद बुढाथोकी […]

अख्तियारको कार्यालय बर्दिबासमा भ्रष्टाचार सम्बन्धि रामेछापका ८ वटा उजुरी दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा भ्रस्टाचार सम्बन्धि रामेछाप जिल्लाका ८ वटा उजुरी दर्ता भएको छ । मंगलबार मन्थलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी गराइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका कार्यालय प्रमुख गोपाल प्रसाद शर्माका अनुसार भ्रष्टाचार सम्बन्धि उजुरी आउने क्रम बढेको छ । रामेछाप जिल्लाका स्थानीय […]

रामेछाप बजारमा छाडा कुकुर आतङ्क,नगरपालिका मौन

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार क्षेत्रमा कुकुर आतङ्क बढेको छ । बजारमा रहेका छाडा कुकुरको हुलले मानिसलाई झम्टने र टोक्ने गरेको छ । आईतबार बिहान रामेछाप बजार नजिकै स्थानिय भिमा श्रेष्ठले पालेको दुईवटा बंगुर कुकुरले टोकेर मारेको हो । छाडा कुकुरको हुलले खोरमा रहेका दुईवटा बंगुर मारेर लुस्दै गरेको अवस्थामा आफुले फेला पारेको भिमा श्रेष्ठले […]