रामेछापका न्यायिक समितिलाई जिल्ला न्यायधिस ईन्दिरा शर्माको सुझाव

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिलाई जिल्ला अदालत रामेछापका न्यायधिस ईन्दिरा शर्माले सुझाव दिनुभएको छ । विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रमा उहाँले सो आग्रह गर्नुभएको हो । बाँकी […]

रामेछापमा विकास र परिवर्तनका लागि पत्रकार मोहन कार्कीको प्रतिनिधि सभामा उम्मेदवारी

रामेछाप जिल्लामा यतिवेला राजनीतिक पार्टीहरु मंसिरमा हुने निर्वाचनको लागि लागि परेका छन् । तर विगतमा नै टेस्टेड भईसकेका नेताहरुले नै टिकट लियर युवापुस्तालाई निरास पारेको हुनाले रामेछापमा सवैभन्दा सर्घषवाट अनुभव बटुली पत्रकारिता क्षेत्रमा सफल भईसकेका मोहन कार्कीको नेतृत्वमा उम्मेद्धारी दर्ता गरेपछि रामेछापका देश बिदेशमा रोजगारको सिलसिलामा रहेका युवाहरुले मोहन कार्कीलाई नैतिक समर्थन गर्दै युृवा नेता […]

अकबरे खुर्सानीले बजार नपाउँदा सुकाजोरका किसान चिन्तित

रामेछापमा अकबरे खुर्सानीले बजार नपाउँदा किसान चिन्तित बनेका छन । रामेछाप नगरपालिका ७ सुकाजोरमा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका हुन । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन । सुकाजोरका केहि किसानहरुले अन्य अन्नबाली नै मासेर अकबरे खोर्सानीको व्यावसायिक खेती गरेको भएपनि आफुहरुको […]

रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना २ जना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा आज एम्बुलेन्स दुर्घटना भएको छ । वडा नं ५ रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको हो । बाग्मती प्रदेश–०३००१ झ ००९४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित दुईजना घाईते भएका छन । एम्बुलेन्स चालक वर्ष २१ का रोसन तामाङ र एम्बुलेन्समा सवार बिरामी वर्ष ८८ का सम्बर बहादुर […]

मौसममा सुधार आएपछि लुक्लामा उडान सुरु

खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान आजदेखि सुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो । एक सातादेखि उडान अवरुद्ध हुँदा मन्थलीमा करिब तीन सयभन्दा बढी पर्यटक अलपत्र परेको माउन्टेन गाइड गेल्जे शेर्पाले जानकारी दिनुभयो । आज बिहानैदेखि समिट […]

इजाजत प्राप्त हतियार बुझाउन रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासन कार्यालयले कात्तिक ५ गतेभित्र नागरीकहरुलाई हातहतियार बुझाइ सक्न निर्देशन दिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । […]

निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी छनोट

रामेछापमा निर्वाचन सुरक्षार्थका लागि एक हजार एक सय म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा रामेछापमा एक हजार एक सय म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो । जिल्लामा पुरुष ७ सय ५८ र […]

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेद्वारी दर्ता गराए

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) र दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ र युवराज चौलगाईंले उम्मेद्वारी दर्ता गराउनुभएको छ । बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि काँग्रेसका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । […]

रामेछापमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा रामेछापमा नेकपा एकीकृत समाजवादीले पनि मनोनयन दर्ता गराएको छ । समाजवादीले रामेछापबाट प्रतिनिधिसभा सदस्य तर्फ देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

रामेछापमा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

रामेछापमा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निकै तामझामका साथ उम्मेदवारी दर्ताका लागि एमालेका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा […]