रामेछाप नगरपालिकाले विभिन्न प्रतियोगिताहरु आयोजना गरी मनायो विश्व बाल दिवस
विश्व बाल दिवसको अवसरमा रामेछाप नगरपालिकामा विभिन्न कार्यक्रम गरिएको छ । माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता,माध्यमिक विद्यालयस्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगिता र आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । शैक्षिक सुधारमा स्थानिय तहको भूमिका विषयक शिर्षकमा भएको माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय भंगरीकी छात्रा जेशिका श्रेष्ठ प्रथम,गौरीशंकर माविका छात्र प्रेम बहादुर खड्का द्धितिय,कालिका माविकी छात्रा शिक्षा […]

