भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका […]

