स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो

रामेछापको ८ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मन्थली नगरपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६५.२५ अंकभार ल्याउँदै मन्थली नगरपालिका जिल्लाकै पहिलो बन्न सफल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक […]

रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरे,अब जिसस निर्वाचनको तयारी

रामेछापको ८ वटै स्थानीय तहले कार्यपालिका गठन गरेका छन् । जिल्लाका आठ स्थानीय तह मध्ये मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोशी गाउकार्यपालिका गठनमा मतदान भएको भएपनि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा शैलुङ् गाउँपालिका, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा निर्विरोध कार्यपालिका गठन भएको छ । अब जिल्ला समन्वय समितिको निर्वाचन जेष्ठ २९ गते गर्ने तयारी भैरहेको […]

साउन १ गतेसम्ममा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारले आउँदो साउन १ गतेसम्ममा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने चेतावनी दिएको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनमा साउन १ गतेसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ । सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य घटेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुरुप मूल्य […]

अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको विद्यालय कर्मचारी,सहयोगी र बालविकास सहजकर्ताको गुनासो

रामेछाप नगरपालिकामा कार्यरत विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताले नगरका जनप्रतिनिधीलाई माग पत्र बुझाएका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारी अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै आफुरुको माग सम्बोधन गरिदिन नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका छन । उनिहरुले उचित पारिश्रमिक दिन नसकेमा कार्यपालिकाको बैठक बसेर विद्यालय कर्मचारी र […]

रामेछाप नगरपालिकाको प्रबक्तामा समिर कार्की नियुक्त

रामेछापको रामेछाप नगरपालिकाको नव निर्बाचित पदाधिकारी सहितको पहिलो कार्यपालिका बैठकले नगरपालिकाको प्रबक्ता नियुक्त गरेको छ । आज बसेको कार्यपालिका बैठकले वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीलाई प्रबक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । हामीले यो समाचार तयार पार्दासम्म कार्यपालिका बैठक बसिरहेकको  छ । बैठकले महत्वपुर्ण निर्णयहरु गर्ने बुझिएको छ ।

नेपाल रेडक्रस सोसाइटीद्धारा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रामेछाप सहित ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको हो । अमेरिकन रेडक्रसको सहयोगमा रामेछाप,दोलखा,ओखलढुङ्गा, चितवन र मकवानपुर जिल्लाहरूलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका […]

रामेछाप जिल्लाका लागि संघीय सरकारबाट २ अर्ब ६८ करोड विनियोजन

रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि संघीय सरकारले करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक बर्ष २०७९÷०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछाप जिल्लाको लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । आर्थिक बर्ष ०७९/०८० मा रामेछाप जिल्लामा केन्द्र सरकारद्वार बिनियोजित बजेट :  […]

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ । अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो । गत बैशाख ९ देखि २० गतेसम्म […]

सुनारपानीमा खोरेत रोग विरुद्धको खोप अभियान जारी

रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका पशु कृृषकका गोठ–गोठमा पुगेर पशुप्राविधिकले खोरेत रोगविरुद्धको खोप लगाउन थालेका छन्। सुनारपानीका कृषकहरुले पालन गरेका पशु चौपायमा खोरेत रोग देखा परेको र सो रोग नियन्त्रणका लागी खोरेत विरुद्धको खोप लिएर पशुप्राविधिकहरु प्रत्येक कृषकको गोठगोठमा पुगेका वडाध्यक्ष रविन कार्की ‘नविन’ले जानकारी दिए। निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई क्रमश कार्यान्वयन गर्दै लैजाने क्रममा वडाध्यक्ष कार्की […]