दशैँको लागी रामेछापको विहिबारे हाटमा खसीको व्यापार बढ्यो
रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा अलि बढी नै थियो । […]

