मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति […]

अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा सङ्क्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताउनुभयो । मन्त्रालयले आज गरेको कोरोना सम्बनिध प्रेस ब्रिफिङमासभा, भेला, गोष्ठी , सेमिनार, […]

आज २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन् । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टिजेन विधिबाट १ सय […]

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन […]

पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई जिसस रामेछापद्वारा सम्मान

जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गरेको छ । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रेम बं खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो । जिसस प्रमुख खड्काले राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुमा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिसस रामेछापले जिल्ला […]

एकैदिन थपिए १७ सय ३६ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ […]

कोरोना बाहेकका बिरामीलाइ पनि राम्रो उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो ।मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका […]

२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका सार्वजनिक स्थल, विवाह,व्रतबन्ध,भोजभतेर,सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई रामेछाप प्रशासनले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ […]

विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङ प्रथम

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुनुभएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ४ का कवयित्री तामाङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल हुनुभयो । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा (अनेसास) केन्द्रीय महिला समितिले विश्व महिला खुल्ला […]

सतर्कता सहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जोखिम बढेको भन्दै उच्च सतर्कतासहित सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै सङ्क्रमण तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो। नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने […]