४७ वटा नमुना परीक्षण गर्दा नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला प¥यो

४७ वटा नमुना परीक्षण गर्दा नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला प¥यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए ।

जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट सङ्कलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ ।

यी सबै भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो ।

मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न÷गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार