रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछाप जिल्लामा आज १८ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना ,रामेछाप नगरपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवि गाउँपालिकामा ४जना,गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय ८ जना पुगेको छ । आज जिल्लामा १९ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट २ जना,रामेछाप नगरपालिकाबाट ११ जना, उमाकुण्ड गाउँपालिकाबाट २ जना,गोकुलगंगा गाउँपालिकाबाट ३ जना र दोरम्बा गाउँपालिकाबाट १ जनाले कोरोना जितेका छन ।

यो सँगै जिल्लामा २४ सय १३ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले १७४ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २१ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार