गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक […]

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए

काठमाडौ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप […]

बार्सा लीगमा रहन जित्नै पर्ने खेल

एजेन्सी । बार्सा लीगमा रहन जित्नै पर्ने खेल स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलाले आज अर्थात शनिबार रियाल भालाडोलिडसँग खेल्नेछ । लालीगाको उपाधि रिलेमा रहेको बार्सिलोनाले आजको रियाल भालाडोलिडसँग जित निकाल्दै शिर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी १ मा छोट्याउन चाहन्छ । यी दुईबिचको खेल भालाडोलिडको घरेलु मैदान जोसे जोरिल्लामा नेपाली समयानुसार राति […]

कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।  २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् […]

४३ प्रयासपछि युभेन्टसका लागि रोनाल्डोको पहिलो फ्रिकिक गोल

क्रिस्टियानो रोनाल्डोले ४३ पटकको प्रयासपछि युभेन्टसका फ्रिकिकबाट पहिलो गोल गरेका छन् । योसँगै रोनाल्डो क्लबका लागि इटालियन सिरिए ए मा एकै सिजनमा २५ गोल गर्ने सन् १९६१ पछि पहिलो खेलाडी बनेका छन् ।  शनिबार भएको टुरिन डर्बीमा युभेन्टसले टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा नै पाउलो डिबालाले युभेलाई अग्रता दिलाएका थिए […]

बर्नमाउथलाई हराउँदै युनाइटेड चौथो स्थानमा उक्लियो

काठमाडौं, २० असार । प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । एएफसी बर्नमाउथलाई ५-२ ले हराउँदै युनाइटेडले महत्वपूर्ण ३ अंक बटुलेको छ । युनाइटेडको जीतमा मेसन ग्रीनवूडले २ तथा एन्थनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले १-१ गोल गरे । बर्नमाउथका लागि स्टानिसलास र किंगले १-१ गोल गरे । खेलमा […]

टोरिनोविरुद्ध युभेन्ट्सको चार गोल

काठमाडौँ। गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले टोरिनोलाई ४-१ गोलले पराजित गरेको छ । सिरी ए उपाधि दाबेदार क्लबले घरेलु मैदानमा सहज जित हात पारेको हो । युभेन्ट्सलाई सानदार जित दिलाउन पाब्लो ड्याबला, जुयन कुवाड्राडो, क्रिस्टियानो रोनाल्डोले गोल गरे । टोरिनोका कोफी डिजिजिले आत्मघाती गोल गरे । टोरिनोका लागि एकमात्र गोल एन्द्रीया बेलोटीले […]

बायर्नले जित्यो जर्मन कप उपाधि

काठमाडौं ।  बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल […]

एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडाैं ।  नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

स्वास्थ्यसमाचार बगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ । अन्जानमा हुन गएको, हाड नाता वा कुनै पनि कारण वस रहन गएको ९ हप्ता सम्मको गर्भलाई औषधिको माध्यमबाट सुरक्षितसाथ स्वास्थ्य चौकीमै सेवा लिन सक्ने ब्यबस्था मिलाईएको हो ।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती […]