बजेट सम्बन्धी तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । अघिल्लो सरकारको पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो । प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले तीनवटै अध्यादेश स्वीकृतिका लागि पेश गर्नुभएको थियो । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख […]

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो । यस अनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । यस्तै सरकारले कोरोना महामारीका […]

सरकारले ल्यायो बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभयो । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले […]

रामेछापमा काँग्रेसको ६१ वडामा सर्वसम्मत नेतृत्व चयन,२ वडामा निर्वाचन,१ वडामा अझै लफडा

रामेछापमा नेपाली काँग्रेसको ६१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । हिजो भएको वडा अधिबेशनमा जिल्लाका ६४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो । जिल्लाका ८ स्थानिय तहका ६४ वडामध्ये २ वटा वडामा निर्वाचन भएको हो । दोरम्बा गाउँपालिका २ दोरम्बा र मन्थली नगरपालिका १३ मा […]

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार,रामेछापका पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइँदा केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । यसैगरी, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक […]

रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शान्ति प्रसाद पौडेल बागमतीको मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । अन्तिममा माधव नेपाल छाडेर एमालेमा बस्नुभएका पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनुभएको हो । यस्तै, माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्का आर्थिक मामिला […]

बागमती प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पाटी

बागमती प्रदेशमा एमालेका ५६ जना सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेको सरकार अल्पमतमा परेको छ । त्यस्तै १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । रामेछापका ५ सहित यस प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि […]

एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

रामेछापका ४ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन । जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । आज ४ जना र केहि दिन अघि एक […]

काँग्रेसको२१ जिल्लामा क्रियाशिल सदस्यता सार्वजनिक हुन बाँकी

नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सूची दिएका १९ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । अस्ति शुक्रबार ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको भएपनि हिजोसम्म ३७ जिल्लाको मात्रै वडा अधिवेशन भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । काँग्रेसले गतशुक्रबारअघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो । अझै २१ जिल्लामा क्रियाशिल सदस्यको सूची […]

२२ गतेपछि मात्रै सरकारले पूर्णता पाउने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारका बारेमा सत्तापक्षिय नेताहरुसँग निरन्तर छलफल गर्दै आए पनि कुनै निष्कर्ष निस्किएको छैन । अब २२ गतेपछि मन्त्रीपरिषद् विस्तार हुने भएपछि दलहरू मन्त्री छान्ने अनौपचारिक छलफलमा जुटेका छन् । माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि मन्त्रालय र मन्त्रीको टुङ्गो लगाउने गरी छलफलमा जुटेको छ । सत्ता पक्षीय दलहरूबीचमा नै मन्त्रालयको […]