एमाले सुकाजोरको अध्यक्षमा सुवाश थापा चयन

नेकपा एमाले रामेछाप नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा सुवाश थापा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेलाले थापालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा लिला ब मगर र बाल विक्रम मगर,सचिवमा राजु विक्रम बस्नेत र ध्रुब बस्नेत लगायतको २९ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमाले रामेछाप नगरका संयोजक होतराज ढकालको […]

अध्यादेश खारेजसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारकलाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो खारेज गर्नुभएको हो । अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) ले यसअघि लिँदै आएको थियो ।संसदीय दल वा केन्द्रीय समितिमा २० […]

रामेछापको ८ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न,केहिमा निर्वाचन केहिमा सर्वसम्मत

नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न । नेपाली कांग्रेस रामेछाप पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु : मन्थली नगरपालिका – शंकरप्रसाद […]

नेपाली काँग्रेस रामेछाप नगरको सभापतिमा कमल विक्रम कार्की निर्वाचित

नेपाली कांग्रेस रामेछाप नगर समितिको सभापतिमा फेरि पनि कमल विक्रम कार्की निर्वाचित हुनुभएको छ । यस अघि पनि उहाँ नै रामेछाप नगर समितिको सभापति हुनुहुन्थ्यो । सभापति पदका लागि राम प्रसाद घिमिरे र कार्की बिच सहमति जुट्न नसकेपछी मतदान मार्फत सभापति टुंगाइएको हो । कार्किले १३७ मत प्राप्त गर्नुभयो भने घिमिरेले ३५ मत प्राप्त गर्नुभयो […]

थप ५ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरेको छ । समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यता विवाद समाधान गरेको काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले  बताउनुभयो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ । […]

नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछापको अध्यक्षमा रमेश कुमार बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रामेछाप जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा भएको जिल्ला कमिटी भेलाले बस्नेतको अध्क्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले उपाध्यक्षमा धन योञ्जन र सचिवमा लालसिंह तामाङलाई चयन गरेको छ । आजै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला […]

रामेछाप मन्थलीमा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

रामेछापमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले आज कार्यालय उद्घाटन गनुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी अग्रसर भएको वताउनुभयो । उहाँले ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा […]

काँग्रेसको १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद कायमै, महाधिवेशन कार्यतालिका प्रभावित हुने

क्रियाशिल सदस्यता वितरण सम्बन्धी विवाद पूर्ण रुपमा समाधान नहुँदा नेपाली काँग्रेसको महाधिवेशनको कार्यतालिकामा नै प्रभावित हुने देखिएको छ । शिर्ष नेताहरुले मिति सार्न कसरत गरिरहेको भन्दै नेता शेखर कोइराला, गगन थापा लगायतले खबरदारी गरिरहेका छन् । तर, हिजो बिहान सिंहदरवारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते नै गर्ने निर्णय दोहो¥याएको छ […]

रोकिएको सरकारी खर्च आज नियमित हुने

८ दिनदेखि रोकिएको बजेट खर्च आजबाट नियमित हुने भएको छ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रमाणीकरण भएपछि बजेट खर्चको बाटो खुलेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले हिजो राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति […]

२०७२ को संबिधान र MCC विरुद्ध वीर गोर्खालीद्वारा बुटवलमा बिशाल प्रदर्शन

संविधान दिवसको पुर्वसन्ध्यामा वीर गोर्खाली अभियानले नेपालको संबिधान २०७२ र एमसिसी सम्झौताको विरुद्ध बुटवलमा र्याली सहित विशाल प्रदर्शन गरेको छ। बुटवलको मणिग्राम बाट सुरुभएको र्याली नयाँमील जोगिकुटी हुँदै गोलपार्क बाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। संबिधान जारी भएको ५ वर्ष नबित्दै संबिधानको विरुद्ध प्रदर्शन र एमसिसी पास गर्न सरकारले अन्तर्राष्ट्रिय दबाब खेपिरहेको बेला […]