रामेछापमा मौसम सफा : केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज रामेछाप सहित देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ । वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक÷दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी […]

सातै प्रदेशले आज आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै

आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि […]

आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन । मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई […]

आज चौथो सूचना प्रविधि दिवस मनाइँदै

आज चौथो राष्ट्रिय सूचनाप्रविधि दिवस मनाइँदैछ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ यो दिवस मनाउन लागिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिवसको अवसरमा शुभकामना दिँदै सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको बताउनुभएको […]

जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीसहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सुरु

घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा आजबाट सुरु भएको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिने नापी विभागले जनाएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ अनलाइन सेवाको उद्घाटन गर्नुभएको छ । सेवाग्राहीको बढी भिडभाड हुने काठमाडौंको डिल्लीबजार […]

अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानखारेज गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालतामाथेमाको हिजोको संयुक्तइजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवाबन्दगर्ने नियमबदर गर्ने आदेश जारी गरेको हो। नेपालको संविधानमा कुनै श्रव्य, श्रव्यदृश्यवाविद्युतीयउपकरणको माध्यमवा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचनावाअन्यकुनै सामग्री मुद्रण वाप्रकाशन, प्रसारण गरे वा […]

रामेछापमा टेलिकमको फाइबर टु द होम सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा रामेछापमा पनि सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । नेपाल टेलिकम रामेछापले सदरमुकाम मन्थलीमा आज एक कार्यक्रमको आयोजना गरी जिल्लामा फाइबर टु द होम सेवा सुरु गरेको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत […]

रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा २ दिने आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि तालिम आजबाट सुरु भएको छ । तालिममा विकासमा आधुनिक मोडलहरुको पद्धती,तरिका,विकासलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईने रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले जानकारी दिनुभयो । २ दिनसम्म सन्चालन हुने तालिममा नगरपालिकाका ९ वटै वडाहरुबाट वडा मेलमिलापकर्ता संयोजक र […]

रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको सरदमुकाम मन्थलीमा सेतिदेबी अटोमोबाइल्स प्रा. लि. ले होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्र सुरु गरेको छ । आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्रको उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गर्नुभयो […]

रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचन आयोगले गत पुस १६ गतेदेखि नै आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आज रामेछाप सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रमा जानकारी […]