डेङ्गी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन हुने

सरकारले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारी, खानेपानी तथा सरसफाइ मन्त्रालयका पदाधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीबीच हिजो भएको छलफलको क्रममा डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने […]

बाग्मती प्रदेशका ३ जिल्लामा बुधवार सार्वजनिक बिदा

बाग्मती प्रदेश सरकारले आउँदो बुधवार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ समुदायको न्वागी ९छोनाम० को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी यो जानकारी गराएको हो । ‘बाग्मती […]

संघको कानुनमा प्रदेशको आपति

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय सरकार विरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय सभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको भन्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारविरुद्ध केही […]

प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल कायम भएको जनाएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ बमोजिम निर्वाचन आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ । जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ […]

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति भएको छ । भदौ १ गतेदेखि आन्दोलनमा रहेका सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे हो । सिंहदरवारमा बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरूको लागि श्रेणीविहीन सरहको तलब दिने […]

अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालनपोषणको व्यवस्था गर्नुपर्ने

सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ आजबाट कार्यान्वयनमा ल्याएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज ऐन राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै अबदेखि बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरूले जेष्ठ नागरिकको सम्पत्तिमा समेत दावी गर्न पाउने छैनन् । ऐन अनुसार बुबा–आमा […]

माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक नै एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजन नै एमाले प्रवेश गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको बृहत् सभामा सम्बोधन गर्न पुगेका एमाले माहासचिव शंकर पोख्रेलले स्वागत गरेका हुन्। माओबादी केन्द्रिय सदस्य , जिल्ला संयोजक एबम भुमी आयोग सिन्धुलीका अध्यक्ष समेत रहेका रामकुमार पौडेल , केन्द्रिय सदस्य मिथुला फुयाल […]

दशैँका लागि नायाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट […]

बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।हाल मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा केही उत्तर तर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । रामेछापमा १५ दिन अघिबाटै दर खान जाने, महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो । विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख […]