रामेछापका जुनार बगैँचा जुनार पाकेर पहेंलपुर

रामेछापका जुनार बगैँचाहरु यतिबेला जुनार पाकेर पहेंलपुर बनेका छन । यहाँका बस्तीहरूका जुनार बगैँचामा अहिले सुनौलो रौनक छाएको छ। हिउँदको सुरुवातसँगै गाउँ–गाउँका बगैँचामा जुनार पाकेर पहेंलपुर बनेपछि कृषकहरू जुनार टिपेर बजार पठाउनमा व्यस्त हुन थालेका छन्। वर्षैभरि मेहनत गरी हुर्काएको फल पाकेर झुलुक्क झुलेको देखिन्छ, जसले कृषकहरूको अनुहारमा खुशी थपिदिएको छ। रामेछापको सुकाजोर,गाईटार,ओख्रेनी,भालुखोप,हिमगंगा,फूलासी लगायत क्षेत्रका […]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा पृथक कार्यक्रम

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा सोमबार(आज) देखि उपप्रमुख बाल कुमारी कार्की सहित स्वास्थ्यकर्मीको टिम वडा नं ९ ल्याङ्गल्याङ्ग पुगेको छ । सुत्केरी महिलाहरुलाई घिउ,तेल,बेबिकिट,गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सहितको सेवा र अपाङ्गता भएकाहरुका लागी ब्लाङ्गकेट कासेली लिएर सबै वडा पुग्ने अभियान सुरु भएको हो । वडा नं ८ र ९ का सुत्केरी […]

रामेछापका आधारभूत विद्यालयहरूमा विद्यार्थीको अभाव,विद्यालय टिकाउनै समस्या

आजभन्दा १०/१२ वर्ष अघिसम्म रामेछाप जिल्लामा रहेका आधारभूत विद्यालयहरुमा विद्यार्थीको चाप थियो । एउटा विद्यालयमा थोरैमा पनि २ देखी ३ सयको हाराहारीमा विद्यार्थीहरु अध्यन गर्थे । एउटै कक्षामा ३ वटासम्म सेक्सन बनाएर विद्यार्थी पढाएको सम्झनुहुन्छ रामेछाप नगरपालिका ७ मा रहेको आवि मुडेखोलाका प्रधानाध्यापक प्रेम कुमार श्रेष्ठ । रामेछापका मात्रै नभएर आवि मुडेखोलामा सिन्धुलीको वितिजोरदेखीका विद्यार्थीहरु […]

आठौँ पटक रास्ट्रपति रनिङ शिल्डको उपाधी गौरीशंकर माविले जित्यो

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा यहि मंसिर ११,१२ र १३ गते भएको आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको हो । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि न्यौपानेले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको […]

रामेछाप नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि अभिमुखिकरण

रामेछापको रामेछाप नगरपालिकाले मेलमिलापकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभा हलमा २ दिनसम्म अभिमुखिकरण कार्यक्रम चलेको हो । विवादको साटो मेलमिलापको बाटो भन्ने मूल नाराका साथ सामुदायिक मेलमिलापकर्ताहरुले विवाद समाधान गर्दै आएका छन । विवाद समाधानको क्रममा आइपरेका विभिन्न समस्याहरुको सहजिरकणको लागी भएको अभिमुखिकरण कार्यक्रम सोमबार(आज) सकिएको हो । विवाद समाधानको क्रममा मेलमिलापकर्तालाई […]

बीपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माण शुरू

पटक–पटकको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गकाे स्थायी रूपमा निर्माण शुरू भएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डाैसँग जोड्ने छोटो दूरीका रूपमा रहेको राजमार्गको क्षतिग्रस्त सडक खण्डको तीन ठाउँबाट स्थायी पुनर्निर्माण थालेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । अघिल्लो वर्षको असोज दोस्रो हप्ता र यस वर्षको असोज तेस्रो हप्ताको बाढी पहिराले […]

रामेछापमा झन्डै ६ हजार नयाँ मतदाता थपिए

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो । यसबिचमा रामेछापमा […]

रामेछाप नगरपालिकाका सबै माविहरुलाई खेलकुदका सामाग्रीहरु वितरण

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका खेलाडीहरुको अभ्यासलाई लक्षितगरी रामेछाप नगरपालिकाकाले खेलकुदका समाग्रीहरु वितरण गरेको छ । नगरभरीका १३ वटै माविहरुलाई शनिबार(आज) रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले खेल सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । भलिबल,फुटबल,नेट,एथलेटिक्सका सामाग्री,सर्टफुट लगायत खेल समाग्रीहरु वितरण गरिएकोे हो । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकामा यहि मंसिर […]

रामेछापको रजगाउँमा सुमो दुर्घटना ७ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ रजगाउँमा सुमो दुर्घटना भएको छ । ना १ ज ५५५८ नम्बरको सुमो आज दिउँसो रजगाउँबाट सदरमुकाम मन्थली आउँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना घाईते भएका छन । घाईते ७ जनाको अहिले मन्थली अस्पतालमा उपचार भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । सुमोमा ८ जना सवार थिए […]