९१ लाखको खुर्कोट–मन्थली–मिल्ती सडक आयोजनामा निर्माण कम्पनीको अटेरी र लापरबाहीः महिना दिन नपुग्दै भत्कियो कालोपत्रे

निर्माण व्यवसायीको अटेरी र लापरबाहीको कारण रामेछापको सदरमुकाम खुर्कोट–मन्थली–मिल्ती सडक खण्ड कालोपत्रेको काम गुणस्तरहीन भएको पाइएको छ । गोलञ्जोर कन्सट्रक्सन प्रा.लि. सिन्धुलीले आफूखुसी सरकारी निकायको निर्देशनलाई समेत बेवास्ता गरेर प्राविधिक स्टिमेट विपरित काम गर्दा सडक कालोपत्रेको काम गुणस्तहीन भएको पाइएको हो । चालु आर्थिक वर्ष २०८०।०८१ मा संघीय सरकार अन्तर्गत सडक बोर्ड कार्यालयको स्वीकृत कार्यक्रमबाट […]

मन्थली नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवद्र्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ । असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा केन्द्र सरकार, प्रदेश सरकारसहित […]

देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने

आज पनि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी वायु सक्रिय हुँदा देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्येम वर्षा हुँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]

रामेछापको लिखु तामाकोशी गाउँपालिका बिर्तामा बस दुर्घटना,१० जना घाइते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बिर्तामा बस दुर्घटना भएको छ । आज(शुक्रबार) बिहान अन्दाजी ८ : ४५ बजेको समयमा बस दुर्घटना भएको हो । सोही ठाउँको गैरीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रुबहाक बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जना घाइते भएका छन । घाइते […]

सन्दर्भ : लोकतन्त्रवादी आदिवासी जनजाति अधिबेशनमा रामेछाप काङ्ग्रेसको किचलो

नेपाली काङ्ग्रेस सम्बद्ध लोकतन्त्रवादि आदिवासी जनजाति महासंघको केन्द्रिय अधिबेशन असार ११ गतेदेखि चलिरहेको छ । नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा र आफ्नो टिमको हनुमान खोज्ने क्रम पनि जारी हुनुपर्छ । नेपाली काङ्ग्रेसको भातृ सस्थाहरुको अधिबेशन नभएको र टिके प्रथाले जरा गाडेको एक दशक नाघिसक्यो र अरु थप मलजल गर्ने र टिके प्रथालाई नै निरन्तरता दिने र […]

रामेछापको गोकुलगंगा गाउँपालिकाले ल्यायो आगामी आ.ब को लागी ५० करोड ३३ लाखको बजेट

रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभा मार्फत गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० […]

रामेछापको सुनापति गाउँपालिकाले आगामी आ.ब को लागी ल्यायो ६५ करोड ९० लाख रुपैयाँको बजेट

रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ६५ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि विभिन्न क्षेत्रलाई समेटेर सोमबार सम्पन्न भएको गाउँ सभाले ६५ करोड ९० लाख ५२ हजार बराबरको बजेट ल्याएको हो । उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा […]

रामेछापको मन्थलीमा दलित महिलालाई पञ्चेबाजा बजाउने १० दिने तालिम सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा ‘दलित महिलालाई पञ्चेबाजा बजाउन सिकाउने’ १० दिने तालिम आजदेखि सुरु भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा पञ्चेबाजा संरक्षण समाज जिल्ला कार्य समिति रामेछापको आयोजनामा मन्थलीस्थित तीनलाल पार्कमा भएको तालिमको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्धघाटन गर्नु भएको हो । मौलिक लोक धुन र बाजाहरुको संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना […]

रामेछापको सेलेघाटमा तेस्रो डुंगा प्रतियोगिता

तेस्रो राष्टिय माझि लाउ( डुंगा ) प्रतियोगिता रामेछापको मन्थली नगरपालिकाको सेलेघाट त्रीवेणीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् वागमति प्रदेशकी खेलकुद विकास मन्त्री रमा आलेले एक औपचारीक कार्यक्रमका विच गर्नुभयो । आफनो उद्घाट्न मन्तब्यमा मन्त्री आलेले माझि समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायको संरक्षण संगै डुंगा ब्यवसायलाई आय आर्जनको माध्यमका रुपमा समेत विकास […]

रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम

रामेछाप सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाले १५ दिने एड्भान्स तालिम पाएका छन् । उनिहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको हो । टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिला दिदीबहिनीहरुलाई थप क्षमतावान वनाउने र उनिहरुको आय आर्जन थप […]