सम्मृद्ध रामेछाप निर्माणको लागी बहस,मन्त्री ठकुरीले जनाए प्रतिबद्धता

रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सम्मृद्ध रामेछाप निर्माणको लागी बहस कार्यक्रम गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । […]

रामेछाप नगरपालिकाले मनायो ६० औँ राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकाकाले विभिन्न कार्यक्रम गरेको छ । शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकाकाले विभिन्न कार्यक्रमहरु आयोजना गरेर भव्य रुपमा मनाएको हो । नगरपालिकाले हाजिरी जवाफ, वक्तृत्वकला,विज्ञान प्रदर्शनी र एसइई परीक्षा तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । नगरभरी रहेको विद्यालयहरु बिचमा भएको […]

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा समीर रेग्मीलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो । यस अघि दोरम्बा शैलुङ्ग गाउँपालिकामा नरेश महतो प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । एकै पटक एक सय गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

मुख्य चाडपर्वहरुमा मात्र किन बजार अनुगमन ?

पूर्वीय संस्कृति सबैभन्दा पुरानो, समृद्ध र वैज्ञानिक छ। चाडपर्व, परम्परा र पूजाआजालाई संस्कृतिअनुसार नै पूरा गर्छौं । हरेक चाडपर्वको वैज्ञानिक महत्व छ, हाम्रा हरेक चाडपर्व जीवनशैली, खानपान, बाली र प्रकृतिमा आएको परिवर्तनमा आधारित हुन्छन् । हाम्रा चाडपर्वहरूमा पौराणिक कथाहरू उल्लेख भएसँगै खगोलीय घटनाहरू, पृथ्वीको वातावरण, मानव मनोविज्ञान र सामाजिक कर्तव्यहरूका पाठहरू पनि झल्किन्छन्। हाम्रो जीवनमा […]

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप देखिएको छ । जुनारको फल चुस्ने सुँडे मोथ पुतली व्यापक मात्रामा देखा परेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको उहाँले बताउनुभयो । यहि १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी […]

सेजल एण्ड सिस्टर फाउण्डेसनद्वारा वृद्धहरुको गाँस, बास र कपासको व्यवस्था गर्दै संयुक्त गृह शिलान्यास

भदौ, २५ । झापाको बेलडाँगी शिविर र मोरङको पथरी शनिश्चरे क्याम्पमा सेजल एन्ड सिस्टर फाउण्डेसनद्वारा एकल, वृद्धवृद्धा र अशक्तहरुको लागि खाने बस्ने संयुक्त गृहको गत साता शिलान्यास भएको छ । पुनर्वासका क्रममा तेस्रो मुलुक संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी मेघ सुवेदी अमेरिकादेखी नेपाल आएर क्याम्पमा विविध कारण वृद्ध अवस्थामा कष्टकर जीवान यापन गर्दै आएका सामान्य […]

सभापति कान्छारामले आतङ्क मच्चाएको सचिवको आरोप,भण्डाफोर गर्ने चेतावनी

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ । पार्टीको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निरङ्कुशता लाद्न खोजेको आरोप छ । कान्छारामले कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निर्णय गर्ने, हस्तक्षेप गर्ने, पदाधिकारीको मर्यादामा समेत असर पर्ने किसिमको गतिविधि गर्ने कांग्रेस रामेछाप जिल्ला सचिव दीपक खड्काको आरोप छ । […]

संबिधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

संबिधान दिवसको अवसरमा रामेछापका २ जना कैदीको कैद सँजाय मिनाहा गरेर थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरवाट करिव एक हजार कैदीको कैद मिनाहा गर्ने तयारी गरिरहेका बेला रामेछापका २ जना कैदीको पनि कैद मिनाहा हुन लागेको हो । विभागले कैद मिनाहाका लागि भदौ १६ गते सार्वजनिक गरेको ४९२ जनाको सूचिमा रामेछापका २ […]

खर्चिलो,भड्कीलो तिज र महिला

हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । यसलाई छोटकरीमा तिज मात्रै पनि भनिन्छ ।तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज पर्व नेपालि महिलाहरुको पारम्परिक पर्व हो, जसमा तिहार, छठ, दसैँ आदि पर्वहरू जस्तै धूमधाम सँग […]

तीज बजारको कब्जामा

नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ। सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ। अझ जताजतै घन्किरहेको तीजको भाकाले बजारमा विशेष रौनक छाएको देखिन्छ। नेपाली महिलाले हर्ल्षोल्लासका साथ मनाउने तीजका अवसरमा हुने […]