ढुक्क भएर चाडपर्व मनाउनुहोस : प्रजिअ थापा

रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम […]

रामेछापको कोलन्जोरघाट –साँघुटार सडक पूर्वाधार कार्यालयले मर्मत गर्ने

रामेछापको कोलोन्जोर घाट देखि साँघुटार बजार सम्म १६ किलो मिटर लम्बाई रहेको लिखु करिडोर अन्र्तगतको कोलोन्जोर –साँघुटार सडक मर्मत गरि नियमित सार्वजनिक यातायातका साधन सँचालन योग्य बनाईने भएको छ । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा बुधबार सडकको स्थलगत अनुगमनका लागि पुगेको जिल्लाको सरोकारवाला टोलिले गरेको अनुगमन पछि उक्त सडक तत्काल संचालन गर्नका […]

रामेछापका विभिन्न ठाउँमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

दशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी रामेछाप जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित आवतजावत सुनिश्चित गर्न सेलेघाट, खिम्ति र मन्थलीस्थित देवकोटा चोकमा विशेष सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख सुवाशचन्द्र मण्डलले जानकारी दिनुभयो । सहायता कक्षमा चाडपर्वका कारण बढ्ने यात्रुको भीड […]

मन्थली नगरपालिकामा ‘वडास्तरीय प्रारम्भिक बालविकास कमिटी गठन’

रामेछापको मन्थली नगरपालिकाको दुई वटा वडामा  “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको छ । मन्थली नगरपालिकाअन्तर्गतका वडा नं. ३ र वडा नं. ५ मा “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको हो । कार्यशाला वडा नं. ३ मा असोज २ गते बिहिबार र वडा […]

आगजनी र लुटपाट गर्ने रामेछाप मन्थलीका एक सहित ६ जना समातिए

जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा रामेछापका एक सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका–९ घर भएका २० वर्षीय कृष्णराज गिरी,काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका २२ वर्षीय गोकर्ण राई, उदयपुरको सुन्दरपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, […]

मेरो बालापनको दशैं

कमल एक्चै मगर (चलचित्र निर्देशक)  दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो अरुको जस्तै मेरो पनि । अहिले पनि दशैं आउँछ तर पहिले-पहिले गाउँमा दशैं आउँदा जुन रमाइलो, उत्साह र आत्मीयता हुन्थ्यो त्यो आज धेरै हदसम्म हराइसकेको जस्तो लाग्छ। ती दिनहरू सम्झिँदा अझै पनि मन भक्कानिन्छ। दशैं नजिकिँदै गर्दा गाउँमा वातावरण नै फरक हुन्थ्यो। खेतमा फुलेका […]

काठमाडौंमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रामेछापका एक युवक पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले रामेछाप घर भएका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । पक्राउ परेको तामाङको घर रामेछापको कुन पालिका वा गाउँ भन्ने खुलेको छैन । उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको […]

बागमती प्रदेश सरकारले चालु आवको बजेट पुनरावलोकन गर्ने

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिनुभयो । […]

रामेछापमा पनि मनाईयो संविधान दिवस

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रम गरिएको छ । रामेछापमा प्रभातफेरी,अन्तरक्रिया तथा अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । दिवस मूल आयोजक समितिको आयोजनामा मन्थलीको मदन–आश्रित चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरू […]

रामेछापका युवक कोटेश्वर भाटभटेनीमा मृत भेटिए

कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा रामेछापका एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् । जलेको अवस्थामा उनको अस्थिपञ्जर मात्र भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले बताउनुभयो । ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा […]