लिखु तामाकोशी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी झट्टेश्वर मावीले जित्यो 

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ । झट्टेश्वर माविले २९ स्वर्ण, २० रजत र २० कास्य सहित जम्मा ६९ पदकका साथ रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्दै प्रथम स्थान सुरक्षित गर्न सफल भएको छ […]

मन्थली नगरपालिकामा ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम

रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण  गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी दुई दिने अभिमुखीकरण गरेको हो । यो दुई दिने अभिमुखीकरण कार्यक्रमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका छन् । अभिमुखीकरण […]

मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति  बनाउने

रामेछापको मन्थली नगरपालिकाले स्थानीय प्रारम्भिक बालविकास रणनीति बनाउने भएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरी रणनीति बनाउने विषयमा छलफल गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय […]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा पृथक कार्यक्रम

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा सोमबार(आज) देखि उपप्रमुख बाल कुमारी कार्की सहित स्वास्थ्यकर्मीको टिम वडा नं ९ ल्याङ्गल्याङ्ग पुगेको छ । सुत्केरी महिलाहरुलाई घिउ,तेल,बेबिकिट,गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सहितको सेवा र अपाङ्गता भएकाहरुका लागी ब्लाङ्गकेट कासेली लिएर सबै वडा पुग्ने अभियान सुरु भएको हो । वडा नं ८ र ९ का सुत्केरी […]

आठौँ पटक रास्ट्रपति रनिङ शिल्डको उपाधी गौरीशंकर माविले जित्यो

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा यहि मंसिर ११,१२ र १३ गते भएको आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको हो । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि न्यौपानेले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको […]

बीपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माण शुरू

पटक–पटकको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गकाे स्थायी रूपमा निर्माण शुरू भएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डाैसँग जोड्ने छोटो दूरीका रूपमा रहेको राजमार्गको क्षतिग्रस्त सडक खण्डको तीन ठाउँबाट स्थायी पुनर्निर्माण थालेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । अघिल्लो वर्षको असोज दोस्रो हप्ता र यस वर्षको असोज तेस्रो हप्ताको बाढी पहिराले […]

रामेछापमा झन्डै ६ हजार नयाँ मतदाता थपिए

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो । यसबिचमा रामेछापमा […]

रामेछापको रजगाउँमा सुमो दुर्घटना ७ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ रजगाउँमा सुमो दुर्घटना भएको छ । ना १ ज ५५५८ नम्बरको सुमो आज दिउँसो रजगाउँबाट सदरमुकाम मन्थली आउँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना घाईते भएका छन । घाईते ७ जनाको अहिले मन्थली अस्पतालमा उपचार भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । सुमोमा ८ जना सवार थिए […]

मन्थली नगरपालिकामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

रामेछापको मन्थली नगरपालिकामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । बिहीबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभयो। नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नगरभित्रका २० वटा माध्यमिक विद्यालय सहभागी भएका छन्। प्रतिस्पर्धामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु र […]