पहिरोले घर पुरिँदा रामेछापको फर्पुमा तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा […]

कार्यविधि बनेको आठ वर्षपछि रामेछापमा समिति गठन

कार्यविधि बनेको आठ वर्षपछि रामेछापमा ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति’ को गठन भएको छ । गत आर्थिक वर्ष २०७३।०७४ को बजेट बक्तव्यमा उल्लेख गरिएबमोजिम समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवद्र्धन गराउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्ले ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी कार्यविधि,२०७३ बनाएको थियो । तर […]

जन आकाशको १७ औ बार्षिकोत्सवमा “कृपज” सार्वजनिक हुने

जन आकाश साप्ताहिक पत्रिकाको १७ औं बार्षिकोत्सवको अवसर पारेर जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले लेख्नुभएको “कृपज” नामक पुस्तक सार्वजनिक हुने भएको छ । नेपालमा कृपज अर्थात कृषि, पर्यटन, जलविद्युत देशका विकासको आधार भएको कार्कीको तर्कछ । उक्त कृपज कृति जन आकाश मिडियाले बजारमा ल्याउन लागेको हो । पुस्तकमा नेपाल विकास गर्न कृपजको अवधारणवाट […]

शिक्षामा बिभेदिकरणकाे एउटा रुप

सत्य र अालाेचनात्मकता रुखाे हुन्छ,त्यसलाई स्वीकार गर्न नसक्ने मूर्ख हाे । _ महात्मा गान्धी अबिभाबकले शिक्षकलाई गाली गर्नुकाे अर्थ उनिहरु प्रतिकाे द्धेष हाेइन,बिश्वास हाे।शिक्षकले चाहे गर्न सक्छन् भन्ने भावना हाे।त्यहीँ भाबनाकै कारण अबिभाबकहरुले शिक्षक प्रती अाैला उठाएका हुन्।शिक्षकले मेहनत गर्याे भने अलिकति भएपनि राम्रो गर्न काेशिष गर्याे भने केही हुन्छ भन्ने बिश्वास छ अबिभाबकमा।तर दुर्भाग्य […]

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा रामेछापमा १ सय ५० वटा रुख रोपियो

नेपाली काँग्रेस रामेछापले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औँ स्मृति दिवस रुख रोपेर मनाएको छ । तामाकोशी सेवा समितिको परिसरमा मोरिङ्गा प्रजातिको १ सय ५० वटा विरुवा रोपिएको नेपाली काँग्रेस रामेछापका कार्यवहाक सभापति लेख बहादुर कार्कीले बताउनुभयो । रोपिएको विरुवाहरु हुर्काउने जिम्मेवारी तामाकोशी सेवा समितिले लिएको उहाँले बताउनुभयो । जिल्ला सदरमुकाम मन्थली […]

मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी कार्यक्रम गरिएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकार समूह¸ नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी विषयक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आथिती समेत रहनुभएका बागमती प्रदेश सांसद एवं बागमती […]

डिभिजन वन कार्यालय रामेछाप भ्रष्टाचारको अखडा बन्दै

वनका कर्मचारी, विचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरु आउने गरेका छन् । खयरको कारोबार ठेकेदासँग जोडिएर ठेकेदार र किसानको बीचमा मध्यस्थता निर्वाह गर्ने स्थानीय केही बिचौलियाहरुको सक्रीयता पनि त्यत्तिकै देखिन्छ […]

काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका

रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालबाहक ट्रक नियन्त्रण पछिको छानबिनमा काठ तस्करीको खुलासा भएको छ । रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार ट्रक अनुसन्धानको क्रममा खयर काठ तस्करीको खुलासा भएको हो । प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ति ट्रकबारे छानबिन थालिएपछि काठ तस्करीको विषय बाहिर आएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित […]

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात यो एक वर्षभरीको अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका बरिष्ठ अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले जानकारी गराउनुभयो । उहाँले […]

रामेछापको कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ९ जना घाइते

रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की अन्दाजी वर्ष ५५ कि माया बि.क.को मृत्यु भएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मङ्लवार (आज) साँझ भएको दुर्घटनामा घाइते भएकालाई उद्दार […]