रामेछाप नगरपालिकाका ९ सय जना किशोरीहरुलाई एच.पि.भि.खोप लगाईदैँ

रामेछापको रामेछाप नगरपालिकामा २१ वटा खोपकेन्द्र मार्फत ९ सय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप लगाईदैँ छ । एच.पी.भि खोप अभियान पालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखि कार्यक्रम आयोजना गरिएको छ । रामेछाप नगर भित्रका विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई […]

किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम

रामेछाप नगरपालिकाको आयोजनामा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम आज रामेछाप नगरपालिकामा सम्पन्न भएको छ । तालिममा रामेछाप नगरपालिका भित्रका माध्यमिक तहका हरेक विद्यालयबाट २ जना किशोरी, नगरबाल सञ्जाल, वडा बाल सञ्जाल, विद्यालय नर्स र एकजना शिक्षकलाई आत्मरक्षा सम्बन्धी तालिम दिईएको छ । तालिममा सहभागि भएपछि धेरै सिप सिकेको र सिकेको सिप तालिमहलमै नछोडी […]

राजनीतिक अस्थिरता र खाद्य संकट

डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक। जलवायु परिवर्तन, आर्थिक वा राजनीतिक अस्थिरता, र कीरा वा महामारी जस्ता चरम घटनाहरूले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढाउन सक्छ। यस्ता घटनाहरूले कृषि र मत्स्यपालनको उत्पादकत्व घटाएर र खाद्य वितरण र सार्वजनिक सेवा वितरणमा बाधा र्पुयाएर आफूमा निर्भर मानिसहरूको जीवनलाई खतरामा पार्छन्। एक नयाँ अध्ययन अनुसार, आगामी २० वर्षमा विश्वव्यापी रूपमा […]

नेपथ्यमा बजिरहेकाे धून-(कविता)

लयहरु बिग्रिएकाे बाँसुरीकाे धून मलाई पाशविकता लाग्छ मलाई बिभत्सता लाग्छ। नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून कतै तिमीले बजाएकाे त हैन? याे धूनमा कुनै सङ्गीतकाे धून छैन याे धूनमा कुनै लयहरुकाे धून छैन याे धूनमा कुनै मधुर मिठासताकाे धून छैन याे धूनमा कुनै झन्कारमय नादहरु छैन। अनाैठाे अनाैठाे लागिरहेको याे धून कतै तिमीले बजाएकाे त हैन? लयहरु […]

रामेछापको भंगेरी धारापानीमा अटो दुर्घटना,दुइजना घाइते 

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा अटो दुर्घटना भएको छ । बुधबार(आज) बिहान करिब ९:२० बजेको समयमा सल्लेबाट मन्थली जाँदै गरेको अटो दुर्घटनामा परेको हो । प्रदेश २-०४ ००१ ह ००२० नम्बरको अटो सडकमा पल्टिएको हो । सडकभन्दा माथिल्लो पट्टी रहेको राम बहादुर शाहीको जग्गा खन्दै गरेको डोजरले पल्टाएको ढुंगाले लागेर अटो पल्टिएको […]

मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै

रामेछापको मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले उपमेयरसँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुका लागि नगद सँगै विभिन्न कार्यक्रम संचालन गर्दे आएको छ । जस अन्र्तगत सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थय जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरुलाई नगद सहितको सामाग्रि हस्तान्तरण गर्नु […]

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको अध्यक्षमा नविन घिमिरे

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । उपाध्यक्ष महिलामा अन्जु घिमिरे,उपाध्यक्षमा दामोदर घिमिरे,सचिवमा सुन्दर घिमिरे,सह सचिवमा वेद कुमार घिमिरे,कोषाध्यक्षमा सुन्दर घिमिरे,सदस्यहरुमा विनोद घिमिरे,दुर्गा घिमिरे,रन्जु घिमिरे,अप्सरा घिमिरे सुवेदी,शिवजी घिमिरे,डोरदेव घिमिरे,सरस्वती घिमिरे,विनोद घिमिरे, रन्जु घिमिरे,द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको […]

रामेछापको भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा वृद्धको शव फेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ । सोही वडाको बाबियाखर्क घर भएका वर्ष ६७ को रामकृष्ण बुढाथोकी मृत अवस्थामा फेला परेका हुन । पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी रामेछाप डाँडाका अनुसार बिहिबारदेखी मृतक परिवारको […]

माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई […]

लोकतन्त्र, सामाजिक सञ्जाल र अभिव्यक्ति स्वतन्त्रता

डा.केदार कार्की इन्टरनेट अघि, टेलिभिजन च्यानलहरू र रेडियो फ्रिक्वेन्सीहरू जस्ता यसको सक्षम पूर्वाधारहरूमा पहुँच सीमित गर्ने बाधाहरूको कारण केही खेलाड़ी हरू सार्वजनिक बहसमा भाग लिन सक्षम थिए। डिजिटल प्लेटफर्महरूले प्रयोगकर्ता–उत्पन्न सामग्रीको लागि खुला अनलाइन समुदायहरू सिर्जना गरेर यो ढोका तोड्यो, सम्पादकीय नियन्त्रण बिना र कुनै शुल्क बिना प्रकाशित हुन थाल्यो । यसले सार्वजनिक छलफलमा सहभागिता […]