रामेछाप सहित बागमती प्रदेशको सबै जिल्लामा पीपीआर खोप अभियान सुरु

बागमती प्रदेशको रामेछाप सहित सबै जिल्लामा पीपीआर खोप अभियान सुरु भएको छ । प्रदेशको १३ वटै जिल्लामा सोमबारदेखि फागुन ७ बजेसम्म पिपिआर खोप अभियान सुरु भएको हो । सो अभियान अन्तर्गत बागमती प्रदेशको सबै जिल्लामा गरी ९२ हजार ५ सय ६१ भेडा र २५ लाख २० हजार ६ सय ७१ वटा बाख्रा गरी कुल २६ […]

अब बागमती प्रदेशमा लाइसेन्सको ट्रायलमा ७० अङ्क ल्याए पास हुने

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायलमा ७० अङ्क ल्याएपनि उत्तीर्ण हुने व्यवस्था आजबाट कार्यान्वयनमा आउँदै छ । प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उक्त नयाँ मापदण्डको आज शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण हुनका लागि १०० पूर्णाङकमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक […]

रामेछापको धोबीमा सुन लुटेर भाग्दै गरेको युवक पक्राउ

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटस्थित नागिटोलमा सुन लुटेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार नागिटोलमा गोमा महतराको घरमा कोही नभएको समयमा घरको मुल ढोका फोडेर बाक्सामा रहेको सुनको गरगहनाहरु चोरी गरेर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लिखुतामाकोसी गाउँपालिका–३ का १९ बर्षिय लोक बहादुर […]

नाबालिका बलात्कार आरोपमा रामेछापका एक युवक पक्राउ

नाबालिका बलात्कार आरोपमा रामेछापका एक जना युवक पक्राउ परेका छन । १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका रामेछापको सुनापति–२ दिमीपोखरीका चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सुनापति–२ दिमीपोखरीको फलामेपोखरी सामुदायिक वनमा गएकी बालिकालाई सोही गाउँका २६ वर्षीय मगरले जबरजस्ती करणी गरी भागेको प्रहरीले बताएको छ । घटनाको जानकारी पाउनासाथ […]

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले जानकारी दिनुभयो । नगर भित्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गरी कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म पुर्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नं १ देखी ९ सम्मका […]

राप्रपा चितवनद्धारा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

चितवन ।अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।  वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक […]

धादिङको कालिका आधारभुत बिद्यालयमा कक्षा कोठामा नै पठनपाठन सुरु

धादिङबेशी । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कालिका आधाभूत विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यार्थीहरुलाइ विद्यालयमा नै बोलाइ उच्च सतर्कताका कक्षा संचालनमा ल्याइएको हो ।हप्ताको दुई दिन चार घण्टा पढाई सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक रोहिणीप्रसाद कोइरालाले मैनबत्ति डटकमलाई जानकारी दिनुभयो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट बिद्यार्थीहरुको सिकाइ सहजीकरण […]

सरकारले यातायात व्यावसायीलाई बचाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् । थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यावसायीहरू […]

आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’मा वर्षा राउतको गज्जब अभिनय

काठमाडौँ । गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’लाई उक्त गीतको टिम र केही पत्रकारहरुको सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । कार्यक्रममा ‘पिरिम नलगाउने’लाई झण्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पुर्व नै छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौंमा लकडाउन केही खुकुलो हुदाँ […]

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए

काठमाडौ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप […]