नमुनादीप कप : लिखु तामाकोशी गाउँपालिकाको विजयी सुरुवात 

दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेल जारी छ। लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको मैदानमा भएको आजको पहिलो खेलमा लिखु तामाकोशीले मेलुङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ। लिखु तामाकोसी २५-२१ र २५-१९ ले विजयी भएको हो। दोस्रो खेल गोकुलगंगा गाउँपालिका र अरुणोदयमा माविबीच जारी रहेको छ। आजै मन्थली नगरपालिका […]

रामेछापमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा आईतबार(आज)देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले गर्नुभयो । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । आज […]

‘नमुनादीप कप’ भलिबल आइतबारबाट सैपुमा हुँदै,राज्यमन्त्रीले उद्घाटन गर्ने

दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता आइतबारबाट सैपुमा सुरु हुने भएको छ। नमुनादीप युवा क्लबले गर्ने पालिकास्तरीय भलिबल प्रतियोगिता कार्तिक ११, १२ र १३ गते हुने अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो। लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको प्रांगणमा हुने प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेको बस्नेतको भनाई छ। प्रतियोगितामा पालिकाभित्रका खेलाडीमात्र समावेश गरेर स्थानीय तह, क्लब/संस्थाले […]

बाग्मती प्रदेशका प्रादेशीक अस्पतालहरुमध्ये रामेछाप अस्पताल चौथो हुन सफल

बाग्मती प्रदेशका प्रादेशीक अस्पतालहरुमध्ये रामेछाप अस्पताल चौथो हुन सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा उक्त जानकारी गराइएको हो । भक्तपुर अस्पताल १०० मा ८३.४ अंक सहित पहिलो,सिन्धुली अस्पताल ७८.४ अंक सहित दोश्रो,धादिङ अस्पताल ७७. ७ अंक सहित तेश्रो र रामेछाप अस्पताल ७७.६ अंक सहित […]

कार्तिक १२ गतेदेखी मन्थलीमा १५ वर्ष मुनिको प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता हुने

यहि कार्तिक १२ गतेदेखी रामेछापमा प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा १५ वर्ष मुनिको प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता संचालन गर्न लागिएको आयोजक अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो । अनेरास्ववियु रामेछाप खेलकुद विभागको व्यवस्थापनमा अनेरास्ववियु रामेछापले यहि कार्तिक १२ गतेदेखी १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न […]

रामेछापका ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण

रामेछापको ३ पालिका जोड्ने खैरेनीघाटमा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइएको हो । जिल्लाको खाँडादेवी,सुनापती र दोरम्बा शैलुङ्ग गाउँपालिका जोड्ने मुख्य मार्गको रुपमा रहेको खैरेनीघाटको पक्कि पुल यहि असोज ११ र १२ गतेको अविरल वर्षा सँगै सुनकोशी नदीमा आएको बाढीले बगाएको थियो । […]

अरुको भन्दा फरक प्रदिपको दशैँ

काठमाडौं । युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ले काठमाडौंका सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी, गरीब, बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता भएका एक सय पचास जना व्यक्तिहरूलाई विजया दशमीको दिन रातको ८ बजे देखी विहानको २ः४५ बजेसम्म रातो टीका, जमरा दक्षिणासँगै भोजन सेवा गराएका थिए । ५ वर्षदेखी अनवरत रुपमा असहाय, अशक्त, अपाङ्ग, बृद्ध […]

बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा ल्याइने

बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा ल्याइने भएको छ । यही असोज १२ र १३ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली प्रयोग गरि पुनः सञ्चालनमा ल्याउन लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती–लामोसाँघु प्रसारण […]

रामेछाप नगरपालिकामा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत चापागाई

रामेछापको रामेछाप नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनुभएको छ । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाइले आईतबार(आज) पदवहाली गर्नुभएको छ । यसअघि उहाँ काभ्रेको बनेपा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी चापागाइलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत चापागाईले बनेपा नगरपालिकामा आफुले १४ महिना […]

धर्मको नाममा चाडपर्वमा वातावरणमा हानि !

डा केदार कार्की   यदि हामी शब्द र कर्मको भिन्नतालाई स्पष्ट रूपमा अनुभव गर्न चाहन्छौं भने धर्मलाई वातावरणको लेन्सबाट हेर्नुपर्छ। हाम्रा धार्मिक ग्रन्थमा नदीहरूलाई आमाको दर्जा दिइएको छ तर अर्कोतर्फ गंगा-यमुनाजस्ता नदीहरूलाई संसारकै सबैभन्दा प्रदूषित नदीमा परिणत गर्छौं। हामी विभिन्न प्राणी र रुखलाई देवता मान्छौं भने अर्कोतिर नष्ट गर्नमा कुनै कसर बाँकी राख्दैनौं। हावा र पानी […]