रामेछापको भटौलीमा सुमो दुर्घटना,चालक घाईते,सबै यात्रु सकुशल

रामेछापमा सुमो दुर्घटना भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा मंगलबार(आज) बिहान अन्दाजी ४ः२० बजेको समयमा सुमो दुर्घटना भएको हो । भटौली पुल भन्दा माथी मन्थली–खाँडादेवी–सित्खा सडक खण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुदै सिन्धुली जादै गरेको ना १ ज ८७८२ नंम्बरको सुमो अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा सुमो चालक सिन्धुलीको फिक्कल […]

रामेछापको हाटमा बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । गत बिहिबारको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा अलि […]

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा बेलिबृज जडान शुरू

सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न आइतबारदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]

काठमाण्डौँबाट छोटो दुरीमा रामेछाप आउने वैकल्पिक सडक सञ्चालनमा

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाटबाट मन्थली आउने छोटो दुरीको वैकल्पिक सडक शनिबारबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी रहेको छ । धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ […]

शनिबार बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुल्यो

शनिबार(आज) बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुलेको छ । दोलखाको मेलुङ गाउँपालिकामा रहेको मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा सडक भासिएपछि गाडी आवागमन अवरुद्ध बनेको थियो । केही बेर अघिदेखी उक्त सडक सुचारु भएको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाण्डौसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाण्डौ आवतजावत […]

रामेछापका ८ वटै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्रको सूचिमा

सरकारले रामेछापका ८ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ जिल्लाका ४३ वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,सुनापती गाउँपालिका,लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । केहि दिन अघि बसेको जिल्ला विपद् व्यवस्थापन […]

रामेछापको खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता

नवराज विक,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले गरेको अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ । बढ्दो बेरोजगारी, स्वरोजगार, आर्थिक उपार्जन, गरिबी निवारणसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुको साटो उल्टै पालिका अपारदर्शी, […]

रामेछाप च्यास्कु दारिमबोटमा पहिरोले गोठ पुरिँदा महिलाको मृत्यु 

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ च्यास्कु दारिमबोटमा पहिरोले गोठ पुरिएर एक महिलाको मृत्यु भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण गोठमाथीबाट खसेको पहिरोले शनिबार(आज) दिउँसो गोठ पुरिँदा महिलाको मृत्यु भएको हो । वर्ष ५१ की धनमाया मगरको पहिरोले गोठ पुरिँदा किचिएर मृत्यु भएको सोही वडाका वडा अध्यक्ष राजेश तामाङले बताउनुभयो । मगरसँगै […]

रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र परेको छ । २ वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पार्क निर्माणको काम अलपत्र परेको हो । नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको जन्मस्थान भंगरीका १७ परिवारको करिब ५५ रोपनी जग्गा सरकारले अधिग्रहण गरी पुष्पलाल पार्क बनाउने काम थालेको थियो […]

रामेछापको साँघुटारमै पुगेर व्यवसायिहरुलाई सेवा प्रदान

रामेछापको रामेछाप नगरपालिकाले वडा नं ३ साँघुटारमै पुगेर उद्योगी व्यवसायिहरुलाई सेवा प्रदान गरेको छ । सोमबार रामेछाप नगर उद्योग वाणिज्य संघ र नगरपालिकाको टिम नै साँघुटार पुगेर शिविर मार्फत विभिन्न सेवाहरु प्रदान गरेको हो । उक्त शिविरमा व्यवसाय ईजाजत नविकरण ५८ वटा,कृषक समुह १ वटा,सहकारी संस्था एक वटा,वितिय संस्था १ वटाको नविकरण गरिएको नगरपालिकाको राजश्व,उद्योग […]